Monday, March 20, 2023

चौँथो राजघाट कप फुटवल : सेभेन स्टार र हरिवन विजयी

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती–सर्लाहीको राजघाटमा जारी प्रदेश स्तरिय चौँथो राजघाट कप फुटवलमा सेभेन स्टार र हरिवन यूवा क्लव विजयी भएका छन् ।

प्रतियोगिता अन्तरगत शुक्रवार दुई वटा खेल सम्पन्न भएको थियो । दुवै खेलको निर्णय सडन डेथबाट निकालिएको थियो । पाहिलो खेलमा घुर्कौली यूवा क्लव घुर्कौलीलाई सडन डेथमा १०–११ गोल अन्तरले पराजित गर्दै सेभेन स्टार यूवा क्लव हजरिया विजयी भएको हो ।

प्रतियोगिता अवधी भर दुवै टोलीबाट गोल हुन नसके पछि खेल ट्राईबे्रकरमा गएको थियो । त्यसमा समेत बराबरी गोल भएपछि खेलको निर्णय सडन डेथबाट निमालिएको क्लवका अध्यक्ष कृष्ण वाईबाले जानकारी दिए । उनका अनुसार यस खेलको म्यान अफ द म्याच सेभेन स्टारका खेलाडि बिशाल लामाले प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगिता अन्तरगतको दोस्रो खेलमा सगरमाथा यूवा क्लव चपुरलाई सडन डेथमा १०–११ गोल अन्तरले पराजित गर्दै हरिवन यूवा क्लव हरिवन विजयी भएको छ । यस खेलमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो । त्यसमा पनि बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिईएको हो ।

यस प्रतियोगितामा हरिवन यूवा क्लवका गोल किप्पर प्रशान्त तामाङ उत्कृष्ठ खेल प्रदर्शन गरेबापत म्यान अफ द म्याच घोषित हुदै ट्रफी चुम्न सफल भए । आयोजकका अनुसार शनिवार आयोजक समाजसेवा यूवा क्लव बागमती र आकाश दिप यूवा क्लव बरहथवा विच प्रतिष्पर्धा हुनेछ । यो सगैँ प्रतियोगिताको प्रि क्वाटर फाईन खेल सम्पन्न हुने आयोजकले जनाएको हो ।

आईतवारबाट क्वाटर फाईन खेल सुरु हुने छ । प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् । कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय ५१ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।