Tuesday, March 28, 2023

चाडपर्वको नाममा अवाञ्चित गतिविधि नगर्न जिल्ला प्रशासन सर्लाहीको चेतावनी

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले चाडपर्वको नाममा अवाञ्चित गतिविधि नगर्न चेतावनी दिएको छ ।

आईतवार एक शुभकामना पत्र जारी गर्दै जिल्ला प्रशासन कार्यलय सर्लाहीले सस्कृति र परम्परा अनुसारमात्र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरेको हो । चाडपर्व मनाउने नाममा आतिसवाजी, रकेट, पटका जस्ता बारुद जन्य पदार्थको प्रयोग नगर्न, चर्को आवाजमा (डिजे) बाजा नबजाउन, आर्केष्ट्रा नचाउने, होहल्ला गर्ने, जुवा तास खेल्ने जस्ता अवाञ्चित कार्य नगर्न नगराउन आह्वान गरेको हो ।

यस्ता गतिविधिले समाजमा बिकृती विसंगती बढ्ने, विभिन्न घटना दुर्घना हुने र अतिप्रज्वलनसिल पदार्थ बारुदको प्रयोगले आगलागि जन्य घटनाहुने गरेकोले सचेत रहन शुभकामना सन्देश मार्फत आग्रह गरिएको छ । यस्ता गतिविधि गाउँ छरछिमेकमा भए गरेको पाहिए नजिकैको प्रहरी कार्यलयमा खवर गरेर सचेत नागरिकको भुमिका निर्वाह गरिदिन समेत प्रशासन कार्यलयले जिल्लावासीमा आग्रह गरेको छ ।

साथैै हिन्दुहरुको महान पर्व शुभ दिपावली र छठको अवसरमा देश तथा विदेशमा रहेका सम्पुर्ण जिल्लावासीमा सुख, शान्ति, समृद्धी र दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा भनिएको छ ।

यसैविच जिल्ला प्रशासन कार्यलय सर्लाहीले ईजाजत प्राप्त हतियार बुझाउने समयावधी थप गरेको छ ।

आईतवार एक सूचना जारी गर्दै ईजाजत प्राप्त हतियार बुझाउने मिति कात्तिक २० गते सम्म थप गरेको हो । यस पहिला कात्तिक ५ गते सम्मका लागि हातहतियार बुझाउने मिति तोकिएको भए पनि यसलाई कात्तिक २० गते सम्म थप गरिएको जिल्ला प्रशासन कार्यबाट जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यस्ता ईजाजत प्राप्त हतियार नजिकैको प्रहरी कार्यलयमा लगेर बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, मंसिर ४ गते हुन गईरहेको आशन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न यस्ता हात हतियार बुझाई दिनुहुन अनुरोध गर्दछौँ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।