Tuesday, October 3, 2023

पार्टी छाडिसकेका खड्का र वान्तवालाई एमाले लालबन्दी नगर कमिटिद्वारा कार्वाही

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

लालबन्दी–पार्टी परित्याग गरिसकेका दुई जनालाई नेकपा एमाले लालबन्दी नगर कमिटिले कार्वाही गरेको घोषणा गरेको छ ।

यस पहिला नै पार्टी छाडिसकेका निर्वमान मेयर मान बहादुर खड्का र जिल्ला कमिटि सदस्य ललिता कुमारी वान्तवा(सारदा)लाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै सोमवार विज्ञप्ती प्रकाशित गर्दै नेकपा एमाले लालबन्दी निगर कमिटिले कार्वाहीको घोषणा गरेको हो । उनीहरुले पार्टीको विधान बिरुद्ध गएर गतिविधि गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दुबैजनामलाई पार्टीको सधारण सदस्य समेत नरहने गरी कार्वाही गरी पार्टीबाट निष्काशन गरिएको अभिलेख कायम गर्न जिल्ला कमिटिलाई अनुरोध गरिएको छ, नगर अध्यक्ष बिक्रम भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । आईतवार लालबन्दी स्थित मदन–आश्रित स्मृती भवनमा बसेको पार्टीको नगर कमिटि बैठकले उनीहरु दुवैजनालाई पार्टीबाट निस्कासन गर्ने निर्णग गरेको थियो ।

विज्ञप्तीमा भनिएको छ, ‘लालबन्दीका निवर्तमान मेयर मान बहादुर खड्काले पार्टी विधान २०४९ को धारा उपधारा ३, ४, ५ र ६ बमोजिम कसुर गरी पार्टी निर्णय विपरित सर्लाही क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदमा वागी उमेदवार बनी पार्टीको प्रतिस्ठा र मर्यादामा आँच आउने काम गरेकाले निजको सांगठनिक सदस्यता खारेज गरी साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको अभिलेख कायम गर्न जिल्ला कमिटि सर्लाहीलाई अनुरोध गर्द छौँ ।’

‘यस्तै पार्टीकी जिल्ला कमिटि सदस्य लालिता कुमारी वान्तवा(शारदा)ले पार्टी विधान २०४९ को धारा ८० को उपधारा १, २, ३, ४ र ५ बमोजिम कृयाकलाप गरेको पाहिएकोले निजलाई पार्टी सदस्य तथा जिल्ला कमिटि सदस्य पटबाट निष्काशन गरी अभिलेख कायम गर्न जिल्ला कमिटिलाई अनुरोध गर्दछौ ।’ यस्तै सोही निर्णयले पार्टी विधान विपरित कार्यमा संलग्नहरुलाई एक पटकलाई सुध्रिने मौका दिने र त्यस पछि पनि नसुध्रिय विधान बमोजिम कार्वाही गरिने चेतावनी दिएको छ ।

यसैविच पार्टीले कार्वाही गरेको भनिएका दुवै जनाले यस पहिलानै पार्टी परित्याग गरेको घोषणा गरिसकेका छन् । २०७४ मा नेकपा एमालेबाट लालबन्दी नगरको मेयरमा निर्वाचित निर्वतमान मेयर मान बहादुर खड्काले उम्मेदवारी दर्ता गरेको भोली पल्टै पत्रकार सम्मेलन गरेर आफु स्वतन्त्र रहेको घोषणा गरेका थिए । उनले पार्टी परित्याग गरेको घोषणा गर्दै आगामि दिनमा स्वतन्त्र रहेर नागरिकको सेवागर्ने उदघोष गरेका थिए ।

यस्तै ललिता कुमारी वान्तवा(शारदा)ले पनि केही दिन पहिलामात्र सामाजिक संजालमार्फत पार्टी परित्यागको आसय सहितको अभिब्यक्ती सार्वजनिक गरेकी थिईन् । सामाजिक संजाल मार्फत पार्टीलाई आफु कुनै पनि पदमा नरहने घोषणा गरेकी हुन् । यसरी पार्टी छाडेर स्वतस्फुर्त रुपमा बाहिरिएका तथा पार्टी परित्याग गरि सकेका ब्यक्तिलाई कार्वाहीको अभिलेख नाटक मात्र भएको उनीहरुको प्रतिकृया छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...