Wednesday, March 29, 2023

नेपाली उपभोक्ताले भरिभराउ सिमापारीका भारतिय बजार, नेपाल तर्फ सुनसान

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही–हिन्दुहरुको दोस्रो ठुलो पर्ब दिपावली र छठको पुर्व संध्यामा सिमापारीका भारतिय बजारहरु नेपाली उपभोक्ताहरुले भरिभराउ भएका छन् ।

नेपाल–भारत सिमा सगै जोडिएका दर्जनौ भारतिय बजारहरु यतिबेला गुल्जार बनेका छन् । मधेशको ठाउँमा बिषेश महत्वका साथ मनाईने दिवाली (दिपावली) र छठको सरसामान किन्ने नेपाली उपभोक्ताले बजार भरिएका छन् । अन्य समयमा सामान्य किन मेल हुन समेत धौधौ हुने ति बजारहरु झट्ट हेर्दा नेपालका उपभोक्ताका लागि नै लाग्ने गरेका जस्ता देखिन्छन् ।

अहिले सिमा क्षेत्रका ग्रामिण सडकहरुमा छिमेकी देश भारका विभिन्न बजारहरुबाट सयौँको संख्यामा सामान किनेर फर्कदै गरेका उपभोक्ताको भिड देखिने गरेका छन् । बाटो तथा खेतको आलिको बाटोमा समेत लामा–लामा लाईन लागेर टाउँमा पवनी(चाड)का सामान बोकेर नेपाल छिर्नेको लर्को देखिने गरेको छ । झट्ट हेर्दा यि दृश्य अचम्म लाग्दो भएपनि, यसक्षेत्रको लागि नौँलो भने हैन् ।

यसरी चार्ड पर्वको समय वा अन्य समयमा समेत सिमा सगैँ जोडिएर रहेका छिमेकी देश भारतिय बजारमा गएर किनमेल गर्नु नियमित प्रकृया हो, भन्दा अत्तियूक्ति नहोला । यसरी भारतिय बजारमा गएर किनमेल गर्नु बाध्यता र रहर दुवै बनेको छ । धेरैको यसरी भारतिय बजारमा गएर किनमेल गर्नु बाध्यता समेत बनेको छ । नेपाल तर्फ नजिकै बजार नहुनु र सडकको दुरा अवस्थाका कारण केही किलोमिटर पार गर्न घण्टौ लाग्ने गर्छ ।

अर्को तर्फ छिमेकी देश भारतका बजारमा दैनिक उपभोग्य सरसामान सस्तोमा पाहिने अधिकांशको बुझाई छ । यसले गर्दा पनि सिमाक्षेत्रका नेपालीहरुले भारतिय बजारलाई महत्व दिने गरेका छन् । लामो समय कोरोना लकडाउनका कारण सिमा बन्दा हुदा सबभन्दा धेरै आफुहरुले दुख पाएको सिमाक्षेत्रका स्थानीयको गुनासो छ । सोही समयमा भारतिय बजारका केही ब्यवसायी पलाएन समेत बने । यस अर्थमा समेत सिमाक्षेत्रका भारतिय बजार नेपाली उपभोक्ताले थेगिरहेका छन् ।

यसरी चाडपर्वको समयमा सिमापारीका भारतिय बजारहरु गुल्जार भईरहदा नेपाल तर्फ भने सुनसान जस्तै बनेको छ । नेपाल तर्फका ब्यापारी राम स्वगारथ दाशले पान मसला बाहेक केही बेच्न नसकेको बताए । ‘कती त पान समेत भारतनै पुगेर खान्छन् ।’ उन्ले भने, ‘अनी अनेक कुरा गरेर यहाँ आएर थुक्छन् ।’ भारतिय बजारमा नेपालीले सोचेजस्तो सस्तो सामान नपाईने उन्को कथन थियो ।

सस्तोको नाममा कयैन पटक भारतीय बजारमा आफु ठगिएको उनले सुनाए । ‘पैसा तलमाथि भएकोले केही सस्तो जस्तो लागेपनि उनीहरुले पनि विभिन्न सामानमा थपेर बराबरी बनाई दिन्छन् । सस्तो पाहिने आसमा धेरै पटक हामी ठगिएका छौ ।’ उन्ले सुनाए, ‘अरुको देश अरुकै कानुन के गर्नु ? यसै ठगिएर फर्कनु परेको छ ।’

मधेशको ठुला–ठुला हाकँ दिने नेताहरु समेत बिहान मर्निङ वाक भारत तिरै गएर उतैबाट एक झोला तरकारी बोकेर आउने गरेका अर्का स्थनीय हरिकृष्ण मण्डलले बताए । स्थानीय ब्यापार कसरी बड्छ ? यहाँका नागरिकले नेपालमा कमाएको पैसा नेपालमा कसरी खर्च गर्छन् भन्ने कहिले नसोचेका स्थानीय शिक्षक समेत रहेका अमरेन्द्र सिंहले बताए ।

मधेश आन्दोलन पनि खस्किएको सिमाक्षेत्र तथा जिल्लाका कोर मधेशमा रहेका बजारको ब्यापार अझै उठ्न नसकेको स्थानीय ब्यापारीहरुको भनाई छ । त्यस पछि लामो समय कोरोना लकडाउनको समयमा सिमा सिल रहेको अवस्थामा स्थानीय बजार केही चलायमान भएका थिए । त्यस पछि फेरी सिमा सुचारु भएपछि अवस्था उस्तै भएको स्थानीय ब्यापारीहरुको भनाई छ ।

यस क्षेत्रमा पछिल्ले केही बर्ष यता नयाँ ब्यवसाय वा उद्योगी, ब्यापारी थपिनुको सट्टा पुराना ब्यापारी तथा ब्यवसायीहरु पलाएन भईरहेका छन् । तर, यही बजार क्षेत्र सगँ जोडिएका सिमाक्षेत्रका भारतिय बजार बसविट्टा, मेजरगंज, मुरट्टा फेनहरा, कनौली र सोनवर्सा लगाएतका आधा दर्जन बजार गुल्जार बनिरहेका छन् । ति बजारहरुमा नेपाली उपभोक्ताहरुको थेगिनसक्नु भिडभाड बडेको छ ।–नयाँ पत्रिका

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।