Wednesday, March 29, 2023

हरिपुर्वामा हत्या आरोप लगाउदै भाईको परिवारमाथि आक्रमण प्रयास, प्रहरीद्वारा तिन राउण्ड हवाई फायर

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हरिपुर्वा–सर्लाहीको हरिपूर्वामा प्रहरीले हवाई फायर गरेको छ । छोरा मारेको भन्दै भाईको परिवारमाथि आक्रमण प्रयास भएपछि घटना नियन्त्रणमा लिन प्रहरीले तिन राउण्ड हवाई फाएर गरेको हो ।

शुक्रवार साझ हरिपुर्वा नगरपालिका–५, निवासी भरत राय परिवारले गणेशी राय परिवारमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । ६÷७ महिना पहिला झुण्डीको अवस्थामा छोरा मनोज राय फेला परेको घटनालाई लिएर भरत राय परिवार र स्थानीयले गणेशी रायको परिवार माथि आक्रमण गरेका थिए । सम्बन्धान भरत र गणेशी सहोदर दाजु भई हुन् ।

दाजु भरत रायको परिवारले छोरा मनोजलाई गणेशी राय र उनको परिवारले हत्या गरेको आरोप लगाउदै आईरहेका थिए । उनीहरुले प्रहरीमा किटानी जाहेरी समेत दिएका र प्रहरीले घटनाको अनुसन्धान समेत गरिरहेको थियो । त्यस यता गणेशी राय र उनको श्रीमती बाहिर बस्दै आएको श्रोतले जनाएको छ । शुक्रवार छठपर्व मनाउन आएको बेला उनीहरु विच झगडा भएको स्थानीयको भनाई छ ।

सोही क्रममा जम्मा भएका स्थानीय समेत मिलेर गणेशी रायको परिवार माथि आक्रमण गरेका प्रहरीले जनाएको हो । लगतै घटना स्थल पुगेको प्रहरी टोलीले हवाई फाएर गरेर स्थिती नियन्त्रणमा लिएको हो । ठुलो संख्यमा घटना स्थलमा जम्मा भएको अराजक भिड नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको सर्लाही प्रहरीका एसपी प्रविण पोखरेलले जानकारी दिए ।

घटना भएको खवरपाएपछि गणेशीको परिवारलाई उद्धार गर्न पुगेको प्रहरी टोली माथिनै उनीहरुले ढुंगामुढा गरेका प्रहरीले जनाएको हो । प्रत्यक्षदर्शीका अनुसार भरत राय परिवारको कुटपिटबाट गणेशी रायका छोरा अन्दाजी १८÷२० बर्षका रोहित राय घाईते भएका छन् । उनको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भईरहेको छ ।

यस्तै सोही घटनामा घाईते भएकी भरत रायकी श्रीमती फुलो देवीको पनि प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको छ । घटनास्थलमा थप मद्धतका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । स्थिती अहिले सामान्य बनेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।