Monday, March 20, 2023

सर्लाहीको चन्द्रनगरमा प्रथम सामा चकेवा उत्सव सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

चन्द्रनगर– सर्लाहीको चन्द्रनगरमा प्रथम सामा चकेवा उत्सव सम्पन्न भएको छ ।

चन्द्रनगर गाउँपालिका कार्यलयको आयोजनामा भएको प्रथम सामा चकेवा उत्सव मंगलवार सम्पन्न भएको हो । मिथिला सस्कृती अनुसार दाजु र बहिनिको प्रेमको प्रतिकको रुपमा लिईने यस पर्व मिथिला क्षेत्रमा बढो धुमधामका साथ मनाउने गरिन्छ । उत्सवको अवसरमा गाउँपालिका कार्यलयले विभिन्न कार्यक्रमहरु समेत आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ठ हुनेहरुलाई पुरस्कार समेत प्रदान गरिएको गाउँपालिका कार्यलयले जनाएको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा भएको समापन समारोहमा उत्सव प्रदर्शनीमा उत्कृष्ठ भएका समुहलाई नगद तथा प्रमाण पत्र समेत वितरण गरिएको थियो । संस्कार र सस्कृती पुस्ताहस्तान्तरणको लागि समेत यस्ता कार्यक्रम कोशेढुंगा सावित हुने पालिकाका अध्यक्ष महतोले बताए ।

सामा–चकेवा संस्कृती प्रदर्शनीमा क्रमश नवनिर्माण युवा क्लब खडकाटोल प्रथम, श्री युनाइटेड युथ क्लब खडकाटोल द्धितिय र श्री जनज्योती युवा क्लब चन्द्रनगर तृतिय भएको छ । उनीहरुलाई क्रमश १५ हजार, १० हजार र ७ हजार नगद सहित शिल्ड र प्रमाणपत्र समेत पालिका प्रमुख महतोले हस्तान्तरण गरे । संरक्षणको अभावमा सामा चकेवा पर्वका मौलिकता पछिल्लो समय हराउदै गएको जानकारहरुको भनाई छ ।

गाउँपालिकाको अग्रसरतामा संस्कृती संरक्षणको लागि भएको कार्यक्रमका स्थानीयले खुलेर प्रशंसा गरेका छन् । चन्द्रनगर–७ का स्थानिय ललिता चौधरीले गाउँपालिकाले पहिलो पटक समा–चकेवा उत्सव गरेर उदाहरणीय कार्य गरेको बताए । विभिन्न जातजातीको भेष भुषा सहित समा–चसकेवा उत्सवमा सहभागि हुन पाएकोमा उत्साहित बनेको चनकिया चौधरीले बताइन् ।

समा–चकेवा पर्व द्वितीया तिथि अर्थात छठको खरनाको दिन सुरुभई पूर्णिमा तिथिमा समापन गर्ने गरिन्छ । समा–चकेवा उत्सव पश्चात नाढिमन तालमा विधिवत रुपमा माटोको विभिन्न मुर्तिहरु बिसर्जन गरी पर्व समापन गरिएको थियो । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना सहित गरिने पर्व हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।