Tuesday, March 28, 2023

स्वतन्त्र उम्मेदवार थापाको समिकरण थप मजबुत बन्दै, युवाहरुमा उत्साह

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

महोत्तरी– मंसिर ४ गते हुनलागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका पोषण थापाको पक्षमा समिकरण थप मजबुत बन्दै गएको छ ।

बर्दिबास नगरपालिकाको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन मुख्य भूमिका खेलेका यूवाहरुको समूहनै पोषण थापा जिताउने अभियानमा लागेका यस क्षेत्रका एक युवाले दावी गरे । सोही युवाहरुको सकृयतामा गत स्थानीय तह निर्वाचनमा बर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।

महोत्तरी क्षेत्र नम्बर १ मा आशन्न प्रतिनिधि सभा निर्वाचनमा पनि गत स्थानीय तहको नतिजा दोहोरिने जानकारहरुको कथन छ । पहिलो खोज सगँ कुरा गर्दै भंगाहा–४, का चन्दन महतोले यस क्षेत्रको सर्वाङगिण विकास लागि स्वतन्त्र उम्मेदवार थापा एक मात्र विकल्प भएको दावी गरे । आफुहरु स्वतन्त्र उम्मेदवार थापा जिताउने अभियानमा निरन्तर रहेको बताए ।

केही समय पहिला दर्जन बढि स्वतन्त्र यूवाहरु कांग्रेसमा फर्किएका समाचारहरु विभिन्न संचारमाध्यममा आएको थियो । यसबाट थापाको समिकरणमा असर पर्ने अनुमान गरिएकोमा गोपाल मोक्तान, सुरेश भट्टराई, बिकास राई लगाएतले आफुहरु स्वतन्त्र रहेको सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । गौशला–३, का रामभरोसी महतोले स्वतन्त्र उम्मेदवार थापाको पक्षमा पछिल्लो समय माहोल बनेको बताए ।

जिल्लाका अन्य क्षेत्रमा समेत स्वतन्त्र उम्मेदवारको आकर्षण बढ्दै गएको बर्दिवास–१४, का किरण यादवको तर्क छ । यसले अन्य उम्मेदवार माथि थप चुनौती थपिदै गरेको उनले दावी गरे । थापाको कुशल कार्यशैली यस क्षेत्रका आम जनमानसमा लोकप्रिय रहेको समेत स्थानीयको भनाई छ । थापा यातायात ब्यवस्था कार्यलय बर्दिवासमा लामो समय कार्यलय प्रमुखको रुपमा रहेका थिए ।

हालै पदबाट राजिनामा दिएर उन्ले क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सोही कार्यलयमा रहदा अस्तब्यस्त कार्यलय सुधारमा समेत उनको कुशल कार्यशैलीनै महत्वपुर्ण रहेको बर्दिवास–८, का संजय घिसिङले बताए । थापा स्वयंमले यस क्षेत्रको अवस्था सुधारकै लागि आफुले उम्मेदवारी दिएको दावी गरे ।

आफु बिरुद्ध अनेकन दलिय प्रोपोगाण्डा गरिएको भन्दै यसले आफ्नो अभियानमा कुनै फरक नपर्ने उनको दावी छ । थापा चापाकल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।