Monday, March 20, 2023

हरिवन नगरपालिकाको दमकल संचालनमा बागमतीको पनि साझेदार

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती – सर्लाहीको हरिवन नगरपालिका सगँ रहेको दमकल संचालनमा बागमती नगरपालिका कार्यलयले पनि साझेदार गरेको छ ।

दमकल संचालन खर्च वार्षिक ३ लाख रुपैयाँ दिने गरी सोमबार बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा र हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । हरिवन नगरपालिका सगँ रहेको दमकल जिल्ला तथा जिल्ला बाहिर समेत आग्लागी हुदा प्रयोग हुदै आएको छ । तर, सम्पुर्ण संचालन खर्च हरिवन नगरपालिकाले मात्र ब्यहोर्दै आएको थियो ।

एउटा नगरपालिकाले संचालन खर्च ब्यहोरेर सबै तिर सुविधा पु¥याउन ठुलो आर्थिक भार पर्ने भएकाले साझेदारीको लागि आह्वान गरिएको हरिवन नगरपालिका कार्यलयले जनाएको हो । अब यस दमकल बागमती नगरपालिकाको कुनै पनि क्षेत्रमा आगलागी भए अबिलम्ब उक्त क्षेत्रमा पुर्याउने सहमती सहित दमकल संचालक साझेदार बनेको बागमती नगरपालिका कार्यलयले जनाएको छ ।

वार्षिक ३ लाख संचालन खर्च ब्यहोर्ने गरी केही दिन अघि मात्र ईश्वरपुर नगरपालिकाले समेत साझेदारी पत्रमा हस्ताक्षर गरेको थियो । आगलागीको समयमा नभई नहुने दमकल संचालन र मर्मत सम्भार निकै खर्चीलो रहेकोले हरिवन नगरपालिकाले उत्तरी भेगका अन्य पालिकालाई पनि साझेदारी गर्न पत्र पठाएको जनाएको छ ।

यस्तै, बागमती नगरपालिकाले छिमेकी नगरपालिका हरिवनलाई कर छुटमा ठुलो परिमाणमा ग्राभेल उपलब्द गराउने भएको छ । नगरपालिकालाई सडक स्तरउन्नती गर्न आवश्क ७५ हजार घनमिटर अर्थात् ६२ हजार २ सय ५० टिपर ग्राबेल कर छुट गरेर उपलब्ध गराउने आपसी समझदारी भएको हो । हरिवन नगरका जनताले सुविधाका लागि बागमतीले यस्तो निर्णय गरिएको जनाएको छ ।

यसैबीच, हरिवन नगरपालिकाको दमकल विभिन्न पालिका विच साझेदारीमा संचालन गर्ने सम्झौता भईरहदा जिल्लाको दक्षिणी क्षेत्र मलंगवा नगरपालिकाको एकमात्र दमकल बिग्रिएर थन्कीएको छ । विस्तारै हिउद याम अर्थात आगलागीको समय सुरुभएको भएपनि नगरको दमकलको वाटर पम्प बिग्रिएकाले थन्काइएको मलंगवा नगरपालिकाले जनाएको छ ।

दमकल तत्काल मर्मत संभार गरेर मात्रै संचालन गर्न सकिने अवस्थामा रहेको नगरपालिकाले जनाएको हो । मलंगवाको पुरानो दमकल रहेकोले बिग्रिएर हैरान पर्ने गरेको नगरपालिकाका एक कर्मचारीले बताए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।