Monday, March 20, 2023

‘सि’ डिभिजनमा छनौट हुदै बागमती यूवा क्लव इतिहास रच्न सफल

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही–‘सि’ डिभिजनमा छनौट हुदै बागमती यूवा क्लवले सर्लाहीको खेल इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ ।जारी शहिद स्मारक ‘सि’ डिभिजन छनौट फुटवल प्रतियोगिताको समुह विजेता बन्दै बागमती यूवा क्लव सर्लाही ‘सि’ डिभिजनमा बढुवा भएको छ ।

मंगलवार एन्फा कम्प्लेक्स सातदोवाटोमा सम्पन्न खेलमा काभ्रे बोर्डर फुटवल क्लवलाई पराजित गर्दै बागमती ‘सि’ डिभिजनमा छनौट भएको हो । अखिल नेपाल फुटवल संघ (एन्फा)को आयोजनामा शहिद स्मारक ‘सि’ डिभिजन खेल संचालन भईरहेको थियो । आजको खेलमा बागमतीका सुमन राई, अबिनास स्यांतान(अवी) र अनिल राना मगरले एक/एक गोल गरे ।

बागमती यूवा क्लवले प्रतियोगिताको नकाउट चरण अन्तरगत गत २१ गते दुखामी धुलीखेल, २५ गते दुधौली, २७ गते नुवाकोट यूवा क्लवलाई र आजको खेलमा काभ्रेलाई पराजित गर्दै ‘बि’ समुह विजेता बनेको हो । यस्तै समुह ‘ए’ बाट गोल बजार यूवा क्लव समुह विजेता बन्दै ‘सि’ डिभिजनमा छनौट भएको छ । यस पटकको शहिद स्मारक ‘सि’ डिभिजन छनौटमा मधेश प्रदेश हावी भयो ।

मोफसलको प्रतिष्ठित प्रतियोगिता राजर्षि जनक कप आयोजना गर्दै आएको यस क्लवले स्थानीय स्तरमा ब्यवसायीक खेलाडि उत्पादनमा जोड दिदै आएको छ । क्लवले आफ्नो छुटै टिम तयार गरेर पारिश्रमीक सहित अनुवन्ध गरेर प्रशिक्षित गर्दै आएको छ । खेलाडिहरु यस पटक जसरी पनि ‘सि’ डिभिजनमा छनौट हुने लक्ष्य सहित मैदान उत्रीएका क्लवका सचिव कुमार प्रधानले जानकारी दिए ।

समुहका विजेता बन्दै ‘सि’ डिभिजनमा छनौट भएका दुई टिमले आगामी मंसिर १ गते फाईनल खेल खेल्ने छन् । बागमती यूवा क्लवमा २३ बर्ष मुनिको राष्ट्रिय टिमका सहायक प्रशिक्षक एंव क्लवका मुख्य प्रशिक्षक रोजित केसीको नेतृत्वमा टोलीले ‘सि’ डिभिजन छनौट प्रतियोगिता खेलिरहेको क्लवका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।

प्रतियोगितामा सहज जित निकाल्दै सि डिभिजन छनौट यात्रा पर गरेको क्लवका अध्यक्ष मैनालीले प्रतिकृया दिए । ‘अघिल्लो सिजन छनौट खेल्न गएको भए पनि सफल हुन सकेका थिएनौ ।’ अध्यक्ष मैनालीले भने, ‘यस पटक जसरी पनि छनौट हुनुको हामी सगँ विकल्प पनि थिएन । छनौट पनि भयौ ।’

यता बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले क्लवका सम्पुर्ण खेलाडि र टिमका सम्पुर्ण पदाधिकारीहरुलाई शुभकामना ब्यक्त गरेका छन् । खेल क्षेत्रको माध्यमबाट नगरको नाम देश विदेशमा फैलाउने लक्ष्यको एउटा खुड्किलो पारभएको भन्दै मेयर थापाले सम्पुर्ण खेलप्रेमीमा बधाई समेत ज्ञापन गरे ।

क्लवका सहायक प्रशिक्षको रुपमा सोनाम लामा रहेका छन् । देश भरीबाट ६२ टिम सहभागि ‘सि’ डिभिजन छनौट प्रतियोगिताबाट दुई टोली छनौट भएका हुन् । यस क्लवमा २० बर्ष मुनिका राष्ट्रिय टिममा पर्न सफल खेलाडि समेत समेटिएका छन्

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।