Tuesday, March 28, 2023

चुनावको मुखमा कांग्रेस नेता विच कुर्सी हानाहान

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

लालबन्दी–सर्लाहीको लालबन्दीमा एक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु विच कुर्सी हानाहान भएको छ । आशन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लिएर आयोजना गरेको बृहत क्षेत्रीय भेलामा नेपाली कांग्रेसका नेताहरु विच कुर्सी हानाहान भएको हो ।

लालबन्दी नगरपालिका स्थित एक पार्टी प्यालेसमा आयोजित भेलामा पार्टीका एक समुहले हुल हुज्जत गरेको नेपाली कांगे्रस सर्लाही क्षेत्र नम्बर १ ले जनाएको हो । कार्यक्रममा अध्यक्षता गरिरहेका क्षेत्रीय सभापति हरिबहादुर लुंगेली माथि हातपात समेत भएको समेत साझ प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भेलामा नेपाली कांगे्रसका आमन्त्रीत नेता तथा पुर्व राज्यमन्त्री समेत रहेका शम्भुलाल श्रेष्ठ लगाएतले हुलहुज्जत गरेको आरोप लुंगेली द्वारा हस्ताक्षरित बिज्ञप्तीमा लगाईएको हो । पार्टीले आफुलाई टिकट नदिय पछि रुष्ट बनेका नेता श्रेष्ठ समुह र सभापति लुंगेली समुह विच यस पहिला देखीनै एक अर्का विरुद्ध आरोप प्रत्यारोप हुदै आएको थियो ।

सभापति लुंगैलीले गत स्थानीय तह निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार बिरुद्ध घात गरेको आरोप श्रेष्ठ पक्षको छ । भने, श्रेष्ठले गठवन्धन बिरुद्ध बागी उम्मेदवार खडा गरेर आफुले टिकट नपाएको बदला लिन खोजेको सभापति लुंगेली पक्षको आरोप छ । विवाद उत्कर्षमा पुग्दै गएपछि सभापति लुंगेलीले नेता श्रेष्ठलाई स्पष्टी करण सोध्ने देखी दुई पटक कार्वाहीको सिफरिस सम्म गरेका छन् ।

बुधवारको भाडभैलो पछि क्षेत्रीय समितिले पुनः विज्ञप्ती निकाले तत्काल श्रेष्ठ लगाएतलाई कार्वाही गर्न माग गरेको पार्टीका एक नेताले बताए ।

भेलामा के भएको थियो ?
भेलामा पार्टीका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तथा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठलाई बोल्न नदिएपछि विवाद उत्पन्न भएको हो । आजको भेलामा खबर गरिएपछि श्रेष्ठ पनि सुरु देखि नै उपस्थित हुनुहुन्थ्यो ।

अन्तिमसम्म उहाँलाई बोल्न नदिई कार्यक्रम समापन गर्न खोजिएपछि विवाद उत्पन्न भएको हो । त्यसक्रममा कुर्सी फालाफाल भएको थियो । नेता श्रेष्ठ संस्थापन पक्षको हुनुहुन्छ । कांग्रेस १ नं. क्षेत्रको क्षेत्रीय कार्य समितिमा संस्थापन ईतर पक्षको बहुमत छ । संस्थापन इतरका क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु शिव गुर्मछाने, दीपक अधिकारी, सुरेन्द्रकुमार न्यौपाने, सोनेलाल साह, सेख सहदुल्ला, लालबन्दीका निवर्तमान नगर सभापति प्रशान्त आचार्य, लालबन्दीका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पमामाया पाख्रिन, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, क्षेत्र नं. १ (ख) का क्षेत्रीय सभापति सीताराम दाहालले बोल्नुभयो ।

उहाँहरुले बोलेपछि कार्यक्रम समापन गर्न खोज्दा पूर्व राज्यमन्त्री श्रेष्ठले पनि बोल्न खोज्नुभयो । तर, कार्यक्रम संचालकले श्रेष्ठलाई बोल्नै नदिई कार्यक्रम समापन गर्न खोजेपछि विवाद भएको हो । केहीबेर कुर्सी फालाफाल भएपछि संस्थापन इतर पक्षका नेताहरु हल बाहिर निस्किए र नेता श्रेष्ठले आफू पक्षीय कार्यकर्ताको माझ सम्वोधन गर्न थाल्नुभयो । श्रेष्ठले सम्वोधनका क्रममा क्षेत्र नं. १ मा पार्टीलाई एकलौटी ढंगले चलाउन खोजेको आरोप लगाउनुभएको छ ।

श्रेष्ठ सम्वोधन गरेर बाहिरिएपछि संस्थापन इतर पक्षका नेताहरु फेरि हलमा प्रवेश गरी कार्यक्रमको समापन गरे । समापनका क्रममा क्षेत्रीय सभापति लुंगेलीले क्षेत्रीय समितिबाट दुई पटकसम्म कारवाहीको सिफारिस गरिएका व्यक्तिलाई बोल्न नदिइएको जानकारी गराउनुभयो । मंसिर ४ को निर्वाचनमा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ कांग्रेसको प्रतिनिधि तथा प्रदेश सभातर्फ कुनै उम्मेदवार छैनन् ।

गठवन्धनबाट प्रतिनिधि सभातर्फ लोसपाका रामप्रकाश चौधरी र प्रदेश सभा (क) मा लोसपाकै उपेन्द्र महतो तथा (ख) मा नेकपा (एकीकृत समाजवादी) की बेची लुंगेली उम्मेदवार हुनुहुन्छ । उहाँहरुले पनि कांग्रेसको आज आयोजित भेलामा बोल्नुभएको थियो । प्रदेश समानुपातिकतर्फ भने कांग्रेसकी सर्मिला थापा र लक्ष्मी गोले प्रधान उम्मेदवार हुनुहुन्छ । पूर्व मन्त्री श्रेष्ठ गठवन्धनको घरदैलोमा देखिनुभएको छैन् ।

पछिल्लो समय सर्लाही क्षेत्र नं. १ मा कांग्रेसभित्रकै नेता शम्भुलाल श्रेष्ठ पक्ष र संस्थापन इतर पक्षबीच तित्तता बढ्दै गएर संम्वादहीनताको अवस्था सिर्जना भएको छ । यसैबीच, क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले आज साँझ प्रेस विज्ञप्ती जारी गर्दै नेता श्रेष्ठ विना निमन्त्रणा हलभित्र प्रवेश गरेर हुलहुज्जत गरेको आरोप लगाउनुभएको छ ।

श्रेष्ठ नचिनेका मानिसहरुसहित हलभित्र प्रवेश गरेर गठवन्धन मुर्दाबाद, पुतली छाप जिन्दावाद भन्दै नारा लगाएको क्षेत्रीय सभापति लुंगेलीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का पुतली छाप लिएर चुनावी मैदानमा हुनुहुन्छ । खड्कालाई बलियो प्रतिस्पर्धी मानिएको छ ।

कांग्रेस नेता श्रेष्ठले गठवन्धनलाई सहयोग नगरी, खड्कालाई सहयोग गरिरहेको कांग्रेस क्षेत्रीय कार्य समितिले नै आरोप लगाइरहेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।