Wednesday, March 29, 2023

नमुना मतदानमा पालिका अनुसार ११.६७ प्रतिशत सम्म मत बदर

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही–जिल्लामा सम्पन्न नमुना मतदानमा कुल खसेको मतको ६ प्रतिशत बढि मत बदर भएको छ ।

आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शिक्षा कार्यक्रम अन्तरगत सर्लाहीमा सम्पन्न नमुना मतदानमा ६.०३ प्रतिशत मत बदर भएको हो । जिल्लाको २० पालिका केन्द्रमा गरिएको नमुना मतदानमा ९ सय ७४ पुरुष र ४ सय ५२ जना महिला गरी १ हजार ३ सय ४० मत परेको थियो ।

परेको कुल मतको ६.०३ प्रतिशत अर्थात ८६ वटा मत बदर भएको जिल्ला निर्वाचन कार्यलय सर्लाहीले जनाएको हो । निर्वाचन कार्यलयका अनुसार जिल्लाको बरबरिया गाउँपालिकामा सम्पन्न नमुना मतदानमा सबै भन्दा धेरै ११.६७ प्रतिशत मत बदर भएको छ । यस पालिकाको नमुना मतदानमा ६० मत परेकोमा ५३ मत सदर र ७ मत बदर भएको हो ।

यस्तै जिल्लामाको लालबन्दी नगरपालिकामा सम्पन्न नमुना मतदानमा सतप्रतिशत मत सदर भएको छ । यहाँ ७४ मत खसेकोमा ७४ मतनै सदर भएको हो । जिल्ला निर्वाचन कार्यलयले जिल्लाका प्रतेक पालिकाको कार्यलय परिसरमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको थियो । नमुना मतदानमा नगरका कर्मचारी, स्वयंमसेवीका, सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको जिल्ला निर्वाचन अधिकारी निर्मल पोख्रेलले जानकारी दिए ।

केही पालिकामा स्थानीय समेतको सहभागितामा नमुना मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख पोख्रेलले जानकारी दिए । यहि अनुपातमा मत बदर हुने हो, भने सर्लाहीमा २९ हजारको हाराहारीमा मत बदर हुने अनुमान छ । आईतवार हुने चुनावका लागि जिल्लाभरीमा ४ लाख ७९ हजार ३८ जना कुल मतदाता रहेका छन् ।

४ वटा प्रतिनिधि सभा निर्वाचान क्षेत्र र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा प्रतिनिधि सभामा ६९ जना र प्रदेश सभा सदस्यका लागि १३३ जना चुनावी मैदानमा छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।