Monday, March 20, 2023

बाँके जंगलमा मोटरसाईकल दुर्घटना, प्रहरी हवल्दार सहित २ जनाको ज्यान गयो

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही–सर्लाहीको बाँके जंगलमा भएको मोटरसाईकल दुर्घटनामा परेर प्रहरी हवल्दार सहित दुई जनाको ज्यान गएको छ । भने, थप दुई जना घाईते भएका छन् ।

बिहिवार साझ पुर्व पश्चिम राजमार्ग स्थित ईश्वरपुर नगरपालिका–१२, बाँके जंगलमा एकै ठाउँमा तिन वटा मोटरसाईकल दुर्घटना भएको थियो । दुर्घटनामा पर्साको वीरगन्ज महानगरपालिका–२३, पोखरीयाटोल बस्ने ३६ बर्षका राम लोचन पटेल र पर्साको साबिक मिर्जापुर गाबिस १ घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत ३८ बर्षका प्रहरी हवल्दार बाबुलाल प्रसाद साहको ज्यान गएको हो ।

मृतक दुवैको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । सोही घटनामा परेर तिन जना घाईते समेत भएका छन् । घाईते हुनेहरुमा मोटरसाईकलमा सवार पर्साको वीरगन्ज–२३ सबैठवा बस्ने २३ बर्षका सोनेलाल प्रसाद यादव, सिरहाको कर्जन्हा नगरपालिका–११,का ५० बर्षका चन्देश्वर महतो र उन्को श्रीमती ४५ बर्षकी जयन्ती कुमारी महतो रहेको सर्लाही प्रहरीले जनाएको हो ।

उनीहरुको हात, खुट्टा, टाउँको, हनुहार लगायत शरिरको विभिन्न भागमा चोटलागेको अवस्थमामा लालबन्दीस्थित गढिमाई हस्पिटलमा उपचार भईरहेको छ । प्रहरीका अनुसार साझ पुर्वबाट पश्चिम आउँदै गरेको प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–०१७ प ७१८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

सोही क्रममा पुर्बबाट पश्चिम आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल समेत ठोक्किन पुगेको प्रत्यक्षदर्शीको भनाई छ । प्रहरीले घटना स्थलबाट तिन वटै मोटरसाईकल नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए ।

गएको सोमबार पनि त्यही ठाउँमा दुईवटा मोटरसाईकल एक आपसमा ठोकिँदा २ जनाको मृत्यु भएको थियो भने २ जना घाईते भएका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।