Wednesday, March 29, 2023

सर्लाही २(क)मा कांग्रेसको कार्वाहीले रायको जित रोकिएन

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही–सर्लाही क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसबाट चुनावी मैदानमा होमिएका जंगीलला राय विजयी भएका छन् । मतदानका अन्तिम समयमा आएर पत्रकाट्दै पार्टीबाट निष्काशन गरेको नेपाली कांग्रेसले उन्को जित भने रोक्न सकेन ।

नेता रायले १ हजार ७६ मतान्तरले नेकपा माओवादी केन्द्रका सुनिल कुमार साहलाई पराजित गरेका हुन् । नेता रायले कुल ८ हजार २ सय ९० मत प्राप्त गर्दा, उन्को निकटतम प्रतिस्पर्धी साहले ७ हजार ७ सय १४ मत मात्र पाए । मत गणनाको सुरुवाती चरणमा पछि परेका रायले अन्तिम चरणमा अग्रता कायम गरेका थिए ।


चुनावी दौडमा रहेका अर्का उम्मेदवार जनमत पार्टीका भरत चौधरीले ६ हजार ६ सय ४६ मत मात्र प्राप्त गरे । यस दौडमा नेकपा एमालेका उम्मेदवार किशुन देव राय ३ हजार ५ सय ७९ मत सहित तेस्रो स्थानमा देखिए । विजयी नेता रायलाई सुरुमा मित्रवत प्रतिस्पर्धा गर्ने भनिए पनि मतदानमो दुई दिन पहिला मात्र नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिसकेको छ ।

कांग्रेसबाटै उम्मेदवारी दिएका नेता रायको उम्मेदवारी भने खारेज भएन । जंगीलाल राय ०७० को दोस्रो संविधान सभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट नेपाली कांग्रेस प्रवेश गरेका रायले ०७४ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ मा महेन्द्र राय यादव सगँको प्रतिस्पर्धामा हार ब्यहोरेका थिए ।

यस पटकको चुनावमा पनि राय गठवन्धन दल माओवादीको चुनाव चिन्हबाट चुनावमा होमिएका महेन्द्र राय यादव सगँ मित्रवत प्रतिस्पर्धामा उत्रिएका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोको प्यानलबाट चुनावी मैदानमा थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।