Friday, March 31, 2023

जनवाल कल्याण मावी धरहराद्वारा छात्रवृती तथा पुरस्कार वितरण

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

बागमती-सर्लाहीको बागमती नगरपालिका स्थित धरहरामा रहेको एक बिद्यालयले छात्रवृती तथा पुरस्कार वितरण गरेको छ ।

शुक्रवार बागमती नगरपालिका–२, धरहरामा रहेको श्री जनवाल कल्याण माध्यामिक बिद्यालय धरहराले औपचारिक कार्यक्रमका विच छात्रवृत्ति तथा कक्षागत उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो । बिद्यालय प्रंगणमा आयोजित कार्यक्रम मार्फत नगर प्रमुख भरत कुमार थापाले पुरस्कार एवं छात्रवृत्ति वितरण गरेका बिध्यालयका प्रधानाध्यापक तथा ब्यवस्थापन समिति सदस्य सचिव प्रकाश बहादुर जिम्बाले जानकारी दिए ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहराको सभाध्यक्षतामा आयोजित कार्यक्रम मार्फत शौक्षिक सत्र २०७८ को छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रममा शैक्षिकसत्र २०७८ मा १ देखी ९ सम्म कक्षागत उत्कृष्ठ हुने १० जना छात्र छात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कक्षागत रुपमा उत्कृष्ठ भएका मध्य १ देखी ५ सम्मका बिद्यार्थीहरुलाई बिद्यालयको नाम र लोगो अंकित झोला र ट्रयाक सुट वितरण गरिएको बिद्यालयले जनाएको हो ।

यस्तै कक्षा ६ देखी ९ सम्मका ५ जना छात्र छात्राहरुलाई एक–एक थान साईकल पुरस्कार स्वरुप प्रदान गरिएको बिद्यालयका शिक्षक निर्मल तिमल्सिनाले जानकारी दिए । यसरी पुरस्कृत हुनेमा कक्षा १ देखी ९ सम्मका सुप्रिया डिमडोम, राची घलान, सपना कालिकोटे, निशा केसी, सन्ध्या लोप्चन, स्मृती बोहरा ६(ए), गंगा खत्री६(बि), अविनाश मोक्तान, सुष्मा कुमारी साह, घनश्याम कुमार महतो रहेका बिद्यालय प्रशासनले जनाएको हो ।

नगर प्रमुख थापाको प्रमुख आतिथ्यता रहको कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायको विशिष्ट आतिथ्यता रहको थियो । यस्तै वडाध्यक्ष टेक बहादुर बल, नगर शिक्षा शाखाका ओम बहादुर कार्की, बिद्यालय ब्यवस्थापन समितिका बरिष्ठ सदस्य गिता बहादुर भट्टराई, ३ नम्बर वडाका वडासदस्य श्रीमान स्यांतान, रुपा बोम्जन, २ नम्बर वडा सदस्य सिता परियार, शुशिला कुमारी थापा, प्रधानाध्यापक भरत बहादुर थापा, सुरेश यादव, स्थानीय अभिभावक लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक लगाएतको सहभागिता रहको बिद्यालयका प्रधानाध्यापक जिम्बाले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।