Monday, March 20, 2023

उखुको मुल्य ७०५ रुपैया कायम गर्न मिलगेट उखु उत्पादक संघको मागँ

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही-यस सिजनको लागि उखुको मुल्य ७ सय ५ रुपैया कायम गर्न मिलगेट उखु उत्पादक समिति सर्लाहीले मागँ गरेको छ ।

आईतवार ज्ञापन पत्र बुझाउदै मिलगेट उखु उत्पादक समिति हरिवन सर्लाहीले सरोकार वाला निकाय सगँ उखुको मुल्य बढाउन मागँ गरेको हो । समितिका कार्यवाहक अध्यक्ष राजकुमार उप्रेतीको नेतृत्वमा रहेको टोलीले ईन्दु शंकर चिनी उद्योग हरिवनका प्रशासकिय अधिकृत ठाकुर नेपाललाई ज्ञापन पत्र समेत बुझाएको छ । गत सिजनको मुल्यमा उखु बेच्नु परे किसानहरुलाई प्रतिविगाह ५८ हजार ९ सय घाटा हुने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, हाल इन्धनमा भएको बृद्धि, बैँकको ब्याजदरमा भएको बृद्धि, कृषि मजदुरको अभाव तथा मजदुरीमा भएको बृद्धि, मलखादको अभाव कालोबजारी सगँ महंगोमा किन्नुपरेको अवस्था सबैलाई मध्यनजर गरि यो मुल्य मागँ गरेका छौँ । हालको अवस्थामा प्रति बिगाह उखु उत्पादन लागत मात्र २ लाख ९४ हजार ९ सयको हाराहारीमा पर्न आउने उनीहरुको दावी छ । अझ राज्यले कवोल गरेको अनुदान बापतको रकम दिन आलटाल गर्नु थप दुखद् रहेको उल्लेख छ ।

यस पहिला क्रसिंग सिजन २०७८÷७९ को लागि सरकारले उद्योगले ५ सय २० रुपैया र सरकारले अनुदान बापत ७० रुपैया दिने गरी ५ सय ९० कायम गरेको थियो । यस सिजनको लागि कम्तिमा ७ सय ५ रुपैया कायम गरिनुपर्ने समितिका कार्यवाहक अध्यक्ष उप्रेतीले बताए । समितिले ज्ञापन पत्रको बोधार्थ कृषि तथा पशुपक्षिं मन्त्रालय, उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यलय सर्लाहीलाई समेत बुझाएको जनाएको छ ।

केही बर्ष यता राज्यको बेवास्था र उद्योगीको मिचाईका कारण उखु किसान लगातार पलायन भईरहेकोले बेलैमा किसानका मर्का बुझ समेत आग्रह गरेका छन् । मिलगेटल उखु उत्पादन समिति हरिवन सर्लाहीले चिनिमा राज्य आत्मनिर्भर हुनै लाग्दा उद्योगहरु उखु नपाएर धमाधम बन्दहुनु पर्ने अवस्था अत्यन्त चिन्ता जनक भएको किसान अगुवाहरुको भनाई छ ।

उक्त कार्यक्रममा बोल्दै अगुवा उखु किसान एवं हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकीले किसानलाई उखु खेती तर्फ आकर्षण गर्न र उन्नत जानका उखु उत्पादनमा जोड दिन नसके उखु र उद्योग दुबै संकटमा पर्ने बताए । राज्य मुक दर्शक बन्ने र सोझा साझा किसानले बर्षेनी ५०÷१०० रुपैया मुल्य बृद्धिको माग राखेर टाउको फोड्ने देखी ज्यान गुमाउनु पर्ने अवस्था अत्यन्त अन्याय पुर्ण रहेको अगुवा उखु किसान हरिवन–३, का कैलाश लामाले बताए ।

विभिन्न उद्योगको तथ्यांक अनुसार सर्लाहीका एक करोड २० लाख क्वीन्टल सम्म उखु उत्पादन हुनेगरेको थियो । यसको अनुपात क्षेत्रफल र उत्पादन परिणाम दुवै तर्फबाट घटेको उद्योगहरुको तथ्यांकमा उल्लेख छ । गत सिजनमा जिल्लामा झण्डै ६५ लाख क्वीन्टर हाराहारीमा उखु उत्पादन भएको देखिएको छ । यो अनुपात लगातार घट्दो क्रममा देखिएको छ । सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनि उद्योगले ५ बर्ष पहिला ४० लाख क्वीन्टर बढि उखु क्रसिंङ गरेको थियो ।

उखु अभावमा यस उद्योगले गत सिजनमा जम्मा२४ लाख १३ हजार ३ सय ४८ क्वीन्टल उखु मात्र क्रसिङ गनै पाएको थियो । यस सिजन उखुको परिमाण थप घट्ने जानकारहरुको भनाई छ । जिल्लामा यो सहित अन्नपुर्ण चिनि उद्योग धन्कौल र महालक्षिमी चिनि उद्योग बगदह पनि संचालनमा छ । यस मध्य अन्नपुर्ण चिनि उद्योगले किसानको उखुको भुक्तानी नदिएपछि क्रसिङ गर्न सकेको छैन् भने, बगदहले पनि सोचेजती उखु नपाएको श्रोतले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।