Friday, March 31, 2023

लेनदेनको बिषयमा गोली प्रहार, एक युवक घाईते

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

रामनगर-सर्लाहीको रामनगरमा लेनदेनको बिषयमा एक युवक माथि गोली प्रहार भएको छ ।

शुक्रवार साझ रामनगर गाउँपालिका–६, स्थित सिसौट–रामबन सडक खण्डमा सोही स्थानमा ३२ वर्षीय सुरेश साह माथि गोली प्रहार भएको हो । गोली प्रहार घटनाको पछाडी लेनदेनको विषय भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनामा संलग्न एक युवकलाई समेत पक्राउ गरेको छ ।

घटनामा साहको पाखुरामा गोली लागेको छ । उन्को अवस्था सामान्य रहेको र अहिले प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए । घटनामा अन्य दुईजना संलग्न रहेको प्रहरीले जनाएको छ ।

फरार रहेका उनीहरुको समेत खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । पक्राउ पर्नेमा धन्कौल गाउँपालिका–६, धोविनियका २२ बार्षका राम प्रवेश साह रहेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार पक्राउ परेका रामप्रवेश र घाईते सुरेश नातामा मामा र फुपुको छोरा हुन् ।

उनीहरु विच पुरानो लेनदेन रहेको श्रोतले जनाएको छ । रामप्रवेशले सोही लेनदेन वापतको ७ लाख रुपैया लिन शुरेसलाई बोलाएका थिए । घाईते शुरेस सशस्त्र प्रहरी १५ नम्बर गण काभ्रेमा कार्यरत सशस्त्र प्रहरी जवान हुन् । उनी पैसा लिन भनेर बिहिवार मात्र सर्लाही घर आएका थिए ।

साझ पनि उनीहरु रामनगर बजार स्थित एक होटलमा सगैँ बसेर खाजा खाएका थिए । त्यसपछि रामप्रवेशले होटलबाट केही पर एकान्त स्थानमा पुर्याए पछि शुरेस माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।