Wednesday, March 29, 2023

सर्लाही ट्रक ब्यवसायी संघको अध्यक्षमा पुनः दवाडी निर्वाचित

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हरिवन-सर्लाही ट्रक ब्यवसायी संघको अध्यक्षमा राम बहादुर दवाडी पुनः निर्वाचित भएका छन् ।

शनिवार राती अबेर सम्पन्न संघको चौँथो अधिबेशनबाट दवाडी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । दवाडी १२ मतान्तरले कुमार प्रधानलाई पछिपार्दै विजयी भए । विजयी दवाडीले ४८ मत प्राप्त गर्दा प्रधानले ३६ मत मात्र पाए । संघको सर्वसहमतीबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि दवाडी र प्रधान प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए ।

त्यस्तै ४५ मत सहित संघको बरिष्ठ उपाध्यक्षमा रामकुमार खड्का विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी दामोदर वस्नेतले ३७ मत मात्र पाए । पहिलो उपाध्यक्षमा ४७ मत सहित अनिल कुमार अमात्य, दोश्रो उपाध्यक्षमा ४८ मत सहित काली प्रसाद सापकोटा विजयी भएका छन् । भने, सचिवमा ४२ मत सहित हरिचन्द्र दास निर्वाचित भए । दाशले ब्रह्मदेव रायलाई २ मतान्तरले पछि पारे ।

संघको सह–सचिवमा रोशन भट्टराई ४८ मतसहित विजयी भएका छन् । अन्य पदमा प्रतिस्पर्धा भईरहदा संघको कोषाध्यक्ष पदका उम्मेदवार बालकुमार पोते भने निर्विरोध निर्वाचित भए । संघको सदस्यहरुमा दहाल प्रसाद मैनाली, सूर्य प्रसाद दाहाल, लालदेव दास, नारायण प्रसाद सापकोटा, जयमान पाख्रिन, नवराज भट्टराई र विष्णु बहादुर दर्लामी निर्वाचित भएका छन् ।

निर्वाचित मध्ये १२ जना दवाडी प्यानल र एक जना सदस्य प्रधान प्यानलका हुन् । शनिवार रातीनै निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक शम्भु मैनालीले पद तथा गोपनियताको सपथ ग्रहण गएका संघका संस्थापक अध्यक्ष राजन केसीले जानकारी दिए ।

यस पहिला उद्घाटन सत्रको सर्लाही क्षेत्र नम्बर ३ का संघीय सांसद हरि प्रसाद उप्रेतीले समुद्घाटन गरेका थिए । सभालाई समानुपातिक सांसद सरस्वती सुब्बा, प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहा, हरिवन नगरपालिकाका निवर्तमान मेयर गणेश प्रसाई लगाएतले सम्बोधन गरे । अधिवेसन हरिवन नगरपालिका स्थित नयारोडमा रहेको संघ कार्यलयको सभाहलमा सम्पन्न गरिएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।