Wednesday, March 29, 2023

सर्लाहीमा चर्को ब्याजको बिरोध गर्दै ब्यावसायी सडकमा

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

लालबन्दी-सर्लाहीमा चर्को ब्याज असुली गरेको भन्दै उद्योगी, ब्यावसायी आन्दोलित भएका छन् ।

बुधवार जिल्लाको लालबन्दी नगरपालिका स्थित उद्योगी ब्यापारीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् । उद्योग वाणिज्य संघ लालबन्दीको अगुवाईमा ब्यापारीहरुले बैँक तथा बित्तिय संस्थाहरुले असुरिहेको चर्को ब्याजदर घटाउन मागँ गरे । उनीहरुले कारोवारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर, ‘ओभर ड्राफ्ट लोन’ यथावत राख, जिन्सी निर्यात बढाउ, नगद निर्यात बन्द गर, एलसीको सतप्रतिशत मार्जिन खारेज गर, लगाएतको नारा लेखिएको प्लेकार्डका साथ प्रदर्शन गरेका हुन् ।

मुख्य बजार क्षेत्रबाट निस्किएको ¥याली जनवादी चोक, डुमडुमे पुल हुदै ट्राफिक बिट अघि पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी, होटल व्यवसायि संघका अध्यक्ष हिराकाजी योन्जन, उद्योग वाणिज्य संघ लालबन्दीका निर्वतमान अध्यक्ष कल्याण कुमार जोसी लगाएतले सम्बोधन गरे । उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बलम्पाकीले अहिलेको अवस्थामा चुप लागेर बसे रोडमा पुग्ने अवस्था आउने बताए ।

ब्यापारीका पीर मर्का नबुझी बैंकहरुले १० प्रतिशतमा लिएको ऋण १८ प्रतिशत सम्म ब्याज लिएर ६० प्रतिशत सम्म नाफा आर्जन गरेर कालोबजारी गरेको उन्को आरोप थियो । कतिपय ऋण लिएका ब्यवसायी बैंकले दिएको तनावका कारण हतोत्साहित भएका र कतिपयले आत्महत्या समेत गरेको उन्को दावी थियो । मूल्य वृद्धिका कारण व्यावसाय चल्न नसकेको अवस्थामा बैंकले ब्याजदर बढाउनु दुःखको कुरो भएको उनीहरुको तर्कछ ।

ऋण लिदा भएको सम्झौता विपरित ब्याजदर बढाउँदै लैजाने बैंक तथा वित्तिय संस्थाहरुको जालझेलले ब्यापारी पलायन हुने र डिप्रेसनमा जाने सम्भावना बढेको ब्यावसायीको गुनासो थियो । बैंकहरुले ऋणीलाई ब्याज निर्धारण गर्दा तोकेको प्रिमियम दरमा परिवर्तन गर्न नपाउने नीति भएपनि बैंकले मनपरि गर्दै आएको ब्यवसायीहरुको आरोप छ ।

२० प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिनै ब्यावसायीहरुलाई अप्ठ्यारोमा पार्न बनाईएको उनीको भनाई छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।