Monday, March 20, 2023

सर्लाहीको बरहथवाबाट बिद्युत चोरी गर्ने ७ जना पक्राउ

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बरहथवा–नेपाल बिद्युत प्रधिकरण बितरण केन्द्र बरहथवाले बिद्युत चोरी गर्ने ७ जनालाई पक्राउ गरेर कार्वाही गरेको छ ।

बुधवार राती बरहथवा नगरपालिका–१६, टिकुलीयाबाट प्राधिकरणको टोलीले ७ जनालाई बिद्युत चोरी गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई बिद्युत चोरी तथा चुहावट ऐन अन्तरगत कार्वाही पछि छाडिएको प्रधिकरण बितरण केन्द्रका प्रमुख छोटेलाल यादवले जानकरी दिए । बिधुत चोरी भईरहेको सूचना पछि केन्द्रका कर्मचारी सुरक्षाकर्मी राती छड्केचेकमा पुगेका थिए ।

चेकिंगका क्रममा बिद्युत चोरी (हुकिंग) गरेर मोटर चलाएको बत्ति बालेको पाहिएको केन्द्र प्रमुख यादवले बताए । उत्तरी क्षेत्रको अनुपातमा जिल्लाको दक्षिणी क्षेत्रमा अधिक बिद्युत चोरी(चुहावट) हुने गरेको छ । बिद्युत चोरी नियन्त्रणका लागि केन्द्रले बेला बेलामा छड्केचेक अभियाननै संचालन गर्ने गरेको छ ।

यसैविच बरहथवा बितरण केन्द्रले चालु आर्थिक बर्षको ५ महिनामा मात्र बिद्युत चोरी गर्ने १ सय १७ जनालाई पक्राउ गरेर कार्वाही गरेको छ । उनीहरुलाई गरिएको दण्ड जरिवानाबाट ९ लाख रुपैया राजश्व समेत संकलन भएको केन्द्रका प्रमुख यादवले बताए । कार्यलयले बिद्युत चोरी गरेर प्रयोग गरिएको बिद्युतीय उपकरण समेत जफत गर्ने गरेको छ ।

यस्तै नेपाल बिद्युत प्रधिकरण लालबन्दी बितरण केन्द्रले बकौता महसुल बुझाउन आग्रह गरेको छ । सूचना प्रकाशित गर्दै बितरण केन्द्र लालबन्दीले मिटर रिडिङ भएको ६० दिन भित्रमा बिद्युत महसुल बुझाउन आग्रह गरेको हो । समयमा बिद्युत खपत बापतको बिल रकम नबुझाए जुन सुकै समय लाईन काटिने चेतावनी समेत दिएको हो ।

यस्तै ग्राहकको सुविधाको लागि केन्द्रले हरिवन र ईश्वरपुरमा संचालनमा ल्याएको मोवायल आय काउन्टरबाट समेत सेवा लिन बितरण केन्द्रले अनुरोध गरेको छ । केन्द्रले संचलन गरेको उक्त काउण्टरबाट सार्वजनिक बिदाको दिनबाहेकका दिनमा १० बजे देखी २ बजे सम्म बिदुत महसुल बुझाउन सकिने सूचना मार्फत जानकारी गराईएको केन्द्रले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।