Monday, March 20, 2023

रेडक्रस सोसाईटी राजघाट उपशाखाको सभापतिमा पुनः शर्मा चयन

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

रेडक्रस सोसाईटी उपशाखा राजघाटको सभापतिमा पुनः रिखिश्वर शर्मा चयन भएका छन् ।

शनिवार सर्लाहीको बागमती नगरपालिका स्थित शाखा कार्यलय प्रांगणमा भएको भेलाले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । रेडक्रस सोसाईटी जिल्ला शाखा सदस्य गंगाधर मैनालीको प्रमुख आतिथ्यतामा भएको भेलाले शाखाका ११ सदस्य नयाँ कार्यसमिति चयन भएको छ ।

यस्तै शाखाको उपसभापतिमा सावित्रा भण्डारी, सचिवमा शिव बहादुर पुलामी, कोषाध्यक्षमा ईन्द्र प्रसाद पोखरेल, सहसचिवमा कृष्ण प्रसाद मैनाली, सहकोषाध्यक्षमा सुब्बा दहाल र सदस्यहरुमा पशुपती कार्की, अमृत महतो, मान बहादुर राणा, लक्ष्मि अधिकारी र यसोधा घिमिरे चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक राजकिसोर पण्डितले नयाँ कार्यसमितिलाई अबिर लगाएर चयन भएको घोषणा गरेका कार्यक्रम संचालक सन्त बहादुर बिश्वकर्माले जानकारी दिए । सोही कार्यक्रमका विच रेडक्रस सोसाईटी राजघाट शाखाका ६ जना जेष्ठ आजिवन सदस्यलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी मैनालीले जेष्ठ आजिवन सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा भक्त बहादुर राई, जर्नाजन मैनाली, नरबहादुर बुढाथोकी, राम बहादुर कार्की, हेम कुमारी घिमिरे र पदम कुमारी दहाल रहेका रेडक्रस सोसाईटी राजघाट शाखाले जनाएको छ ।

यस शाखाले बेला बेलामा रंक्तदान, स्वास्थ्य शिविर लगाएतको कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।