Monday, March 20, 2023

सर्लाही प्रहरीद्वारा ८ विगाहा गाँजा खेती फडानी

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही प्रहरीले जिल्लाको विकट नारायण खोलामा लगाएको अबैध गाँजा खेती फडानी गरेको छ ।

आईतवार प्रहरीले लालबन्दी नगरपालिका–१४, नारायण खोलामा लगाएको लगभग ८ विगाहा अबैध गाँजा खेती नष्ट गरेको हो । ठुलो क्षेत्रफलमा अबैध गाँजा खेती भईरहेको सूचनाको आधारमा प्रहरी गाँजा फडानी गर्न पुगेको थियो । जिल्लाकै विकट मानिने नारायण खोला पुगेर प्रहरीले अबैध गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

यस पहिलाका एसपी प्रविण पोखरेको सरुवा भएपछि एसपी सुवेदी गतहप्तामात्र हाजिरहुन आईपुगेका हुन् । यसरी लगाईएको अबैध गाँजा खेती क्रमैसगँ नष्ट गरिने उन्ले बताए । नारायण खोला क्षेत्रमा प्रहरीले पटक–पटक स्थानीयले लगाएको प्रतिबन्धित गाँजा फडानी गर्दै आएको छ । प्रहरीले फडानी गरेको गाँजाको बोट आगो लगाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए ।

यता जिल्लाको विकट चुरे क्षेत्र नारायण खोला, मोटरदोभान लगाएतका गाउँमा राम्रो आम्दानीको लोभमा स्थानीले प्रतिबन्धित गाँजा खोती गर्दै आएका छन् । अन्यबाली भन्दा गाँजाले सय गुणा बढि फाईदा दिने भएपछि उनीहरु यस तर्फ आकर्षित भएका हुन् । पाक्ने बेला भएको गाँजा प्रहरीले आएर नष्ट गरे पछि ठुलो नोक्सानी भएको एक स्थानीयले गुनासो गरे ।

सर्लाहीको नारायण खोला, मटरदोभान लगाएतको स्थानमा उत्पादन हुने गरेको गाँजा भारतका बजारमा तस्करीहूने गरेको छ । यसरी गाँजा तस्करी गर्ने सयौँ बर्षेनी पक्राउ पर्ने गरेका छन् । प्रहरीले गाँजा खोती फडानी गरेर नष्ट गर्ने देखी, तस्कर पक्राउ सम्म गरिरहेको भएपनि गाँजाको कारोवार तथा तस्करी जिल्लामा कमहुन नसकेको जानकारहरुको भनाई छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।