Monday, March 20, 2023

अंग्रेजी नयाँ बर्षको अवसरमा भरत तालमा पर्यटकको घुईचो (फोटो फिचर)

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

अंग्रेजी नयाँ बर्ष अर्थात १ जनवरीको अवसरमा सर्लाहीको बागमती नगरपालिका स्थित भरत ताल पर्यटकले भरिभराउ भएका छन् ।

आईतवार अंग्रेजी नयाँ बर्ष मनाउन आएका बाह्य तथा आन्तरीक पर्यटकले भरत ताल क्षेत्र भरिभराउ भएको हो । पर्यटकहरु ताल र आसपासका खालिठाउँमा बसेर आफन्त, साथिभाईहरु सगँ विभिन्न परिकारका साथ रमाई रहेका देखिन्थे । अन्य समयमा समेत पर्यटकको चहल पहल रहने भरत तालमा आईतवार अत्यधिक घुईचो देखिएको हो ।

निर्माणकै चरणमा रहेको यस ताल बागमती–४ र १२ नम्बर वडामा गरी १२१ बिगाह क्षेत्र फलमा फैलिएको छ । तालमा एक मिनि कु्रज सहित ३० भन्दा धेरै मोटरबोटले पर्यटकहरुलाई जलसयर गराएर मनोरन्जन प्रदान गरिरहेका छन् । आईतवार ताल घुम्न सबैभन्दा धेरै भारतको बिहार राज्यका पर्यटक आएका मोटरबोट ब्यवसायी संघका अध्यक्ष गौतम खड्काले जानकारी दिए ।

ताल घुम्न आउनेको संख्या हजारौँ रहेको स्थानीय ब्यवसायीहरुको भनाई छ । समुन्द्रको जस्तै मज्जा दिने भएकोले भरत ताल नेपालमा मात्र नभई भारतमा समेत प्रख्यात रहेको पर्यटकहरुको भनाई थियो । ५६ करोड लागत लागिसकेको यस तालमा संचालन भएको मोटरबोटबाट मात्र बागमती नगरपालिकाले बार्षिक २ करोड बढि राजस्व संकलन गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विमल प्रसाद पोखरेलले बताए ।

नुनथर क्षेत्रमा पिकनिक खान आउने भरिभराउँ
यस्तै अंग्रेजी नयाँ बर्षको अवसरमा सर्लाही, रौतहट, मक्वानपुर र सिन्धुलीको संगम नुनथर क्षेत्रमा समेत आईतवार पिकनिक खान आउने पर्यटकको घुईचो देखिएको छ । नयाँ बर्ष मनाउन आएका पर्यटक सवार गाडिका कारण राती अवेर सम्म बागमती र नुनथर क्षेत्रमा ट्राफिक अस्तवेस्त बनेको थियो ।

सुनसान नाढी मैनतालमा समेत पर्यटकको चहलपहल
नयाँ बर्षको अवसरमा जिल्लाको चन्द्रनगरमा रहेको ऐतिहासिक नाढी मैन तालमा समेत पर्यटकको चहलपहल देखिएको थियो ।
अन्य समयमा सुनसान प्राय देखिने नाढी मैन ताल हिजो केही चहलपहलमय देखिएको स्थानीय ब्यवसायी रामनरेष चौधरीले बताए ।

पुर्व पश्चिम राजमार्गबाट ७ किलोमिटरको दुरीमा रहेको यसताल प्रचारप्रसार तथा सहज सडक सुविधा नभएकै कारण ओझेलमा परेको जानकारहरुको भनाई छ । केही बर्ष पहिला नेपाली सेनाले तालको सरसफाई गरिदिएको थियो । सोही समयमा सेनाले आसपासमा निर्माण गरेको भौतिक संरचना संरक्षण अभावमा नष्ट भईसकेको छ ।

यस्तै नयाँ बर्ष मनाउने पर्यटकले आईतवार हरिवन नगरपालिका स्थित कैलाशपुरी, ईश्वरपुरको सागरनाथ, लालबन्दीको पत्थरकोट, बरहथवाको मुक्तेश्वर लगाएतको क्षेत्र समेत भरिभराउ देखिए । नयाँ बर्ष तथा विभिन्न अवसरका पिकनिक खान तथा घुम्न जाने प्रचलन पछिल्लो समय बढ्दै गएको छ । यसरी छिमेकी देश भारतबाट घुम्न आउने पर्यटकले लिएर आएको सवारीको भन्सार शुल्कबाट समेत आईतवार राम्रै राजस्व संकलन भएको जिल्ला भन्सार कार्यलयले जनाएको छ ।

पछिल्लो केही बर्ष यता भारतको बिहार सरकारले मदिरा निषेध गरेका कारण विभिन्न अवसरमा मदिरा पिउनकै लागि धेरै भारतिय पर्यटक नेपाल आउने गरेका पाहिएका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।