Monday, March 20, 2023

बागमतीले ३० औँ त्रिवेणी कपको उपविजेतामा चित बुझायो

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाहीको बागमती यूवा क्लव त्रिवेणी कप फुटबल प्रतियोगिताको ३० औं संस्करणको उपविजेता बनेको छ ।

लमजुङको बेसीसहरमा मंगलबार सम्पन्न फाइनल खेलमा चितवनको सेन्ट्रल कलेज रामपुर सगँ पराजित हुदै बागमती युवा क्लब सर्लाहीले उपविजेताको उपाधिमा चित्त बुझाएको हो । बागमती पेनाल्टी सुटआउटमा रोड्स रामपुर सगँ पराजित हुन पुग्यो । प्रतियोगिताको उपाधि चितवनको रोड्स रामपुरले चुमेको छ ।

अनिल रानाले खेलको १८ औं मिनेटमा गोल गर्दै दिलाएको सुरुआती अग्रता जोगाउन नसक्दा बागमती यूवा क्लव पराजित भयो । रोमान्चक खेलको निर्धारित समय र थप गरिएको समय १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टीबाट खेलको निर्णय लिईएको थियो । पेनाल्टीमा ४–३ ले रोड्स रामपुर विजयी भयो ।

त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै रामपुरले ५ लाख प्राप्त गर्दा उपविजेता बागमतीले ३ लाख मात्र प्राप्त गरेको छ । यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०÷५० हजार पाएका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि रामपुर रोड्सका सुरेश कुमालले पाए ।

यस्तै सर्वाधिक गोलकर्ता बागमतीका देव गुरुङ, रामपुरका सुरेश कुमाल र समाज कल्याणका अब्दुल्लाहले संयुक्तरुपमा पाए । उत्कृष्ट गोलकिपरको उपाधि बागमतीका रबिन बस्नेतले चुमे ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।