Wednesday, March 29, 2023

मनोकामनाले १५ प्रतिशत शेयर लाभांश वितरण गर्ने

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

मनोकामना बहुउद्धेश्य सहकारी संस्था हरिवनले १५ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ ।

बिहिवार आयोजित संस्थको १७ बार्षिक साधारण सभा मार्फत संस्थाले १५ प्रतिशत शेयर लाभांश वितरण गर्ने जनाएको हो । हरिवन नगरपालिका–१, स्थित भोक्टेनीमा संस्थाले संचालन गरेको मनोकामना आवाशिय बिद्यालय पं्रागणमा संस्थाको साधारण सभा सम्पन्न भएको थियो । सभाको प्रमुख अतिथि हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी (कमल)ले उद्घाटन गरेका थिए ।

संस्थाले गत आर्थिक बर्ष २०७८÷०७९ मा गरेको कारोवारको लेखा प्रतिवेदन संस्थाका प्रवन्धक सन्तोष पाण्डेले सभा समक्ष प्रस्तुत गरे । संस्थाको लेखा परिक्षण प्रतिवेदन अनुसार गत आर्थिक बर्षमा ४० करोड ३२ लाख ६१ हजार ८ सय १० रुपैया बराबरको कुल कारोवार गरेको छ । त्यसबाट २ करोड १४ लाख १० हजार ६ सय ३९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको प्रवन्धक पाण्डेले बताए ।

यसै विच संस्थाले बार्षिक साधारण सभाको अवसरमा उत्कृष्ठ बचत कर्ता, उत्कृष्ठ ऋणी एक÷एक जना र संस्थाका उत्कृष्ठ बालबचत प्रथम, द्धतिय, र तृतिय हुने तिनजनालाई नगद पुरस्कार, प्रशंसा पत्र र मायाको चिनो मार्फत सम्मानित गरेको छ । यस्तै सोही अवसरमा संस्थाका उत्कृष्ठ कर्मचारी राहुल कुमार सहनीलाई समेत सम्मान गरेको थियो ।

सोही कार्यक्रमका विच संस्थाले हरिवन नगरपालिका–१, भोक्टेनीमा संचालन गरेको मनोकामना आवासिय बिद्यालयको औपचारिक उद्घाटन समेत गरेको छ । कक्षा ६ सम्म पढाई भईरहेको उक्त विद्यालय गत तिन शैक्षिक सत्रदेखी संचालन भईरहेको छ ।

पुर्व मन्त्री समेत रहेका संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा हरिऔन नगरपालिकाका मेयर बुढाथोकी प्रमुख अतिथि, उपमेयर हरिमाया घलान र पुर्व उपमेयर रेणुका पौडेल बिशिष्ठि अतिथि रहेका थिए । यस्तै हरिवन नगरपालिका–११, का वडाध्यक्ष शेष मेहवुव रेजा, चुडामणी वाग्ले, हरिवन नगर सहकारी संजाल अध्यक्ष समृद्धि साकोसका उपाध्यक्ष डाकुरनाथ खत्तिवडा लगाएतको आतिथ्यता रहेको संस्थाले जनाएको हो ।

१७ बर्ष अघि दर्ता भएको यस संस्थामा पुरुष १ हजार २ सय ६४ जना र महिला १ हजार २ सय ९० जना गरी, २ हजार ५ सय ८० जना शेयर सदस्य शेयर सदस्य आवद्ध छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।