Wednesday, March 29, 2023

बागमतीमा सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण सुरु

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती–सर्लाहीको बागमती नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण सुरु गरेको छ ।

बागमती नगरपालिकाको पहलमा एनआईसी एसिया बैँक बागमती शाखाले वडा कार्यलयमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो । यसरी वडाबाटै समाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीले सुविभा पाउने नगरपालिकाले जनाएको छ । यस पहिला नगरका सम्पुर्ण लाभग्राही पुर्व पश्चिम राममार्ग स्थित कर्मैया पुग्नु पर्ने बाध्यता रहेको थियो ।

यसबाट अत्यन्त सकस भोगेका बृद्ध, बृद्धा तथा अपांगता भएका लाभग्राही धेरै समस्यामा परेका बागमती नगरपालिकका मेयर भरत कुमार थापाले बताए । सामाजिक सुरक्षा भत्ता सम्मान र सुबिधा भन्दा पनि लाभग्राहीको लागि सजाय जस्तो भएकोले, थोरै भएपनि सुविधा दिन बैँक सगँ समन्वय गरेर वडाबाट वितरणको ब्यवस्था गरिएको उन्ले जानकारी दिए ।

यस पहिला सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीले धेरै टाडाबाट महंगो भाडा तिरेर पटक–पटक धाउनु परेको गुनासो गर्ने गरेका थिए । २०७४ मा निर्वाचित भएलगतै मेयर थापाको समन्वयमा घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अएको थियो । त्यस पछि ब्यवस्थि गर्ने गरी नगरपालिकामै रहेको बागमती सहकारीबाट सहज ढंगले सुरक्षा भत्ता वितरण भएको थियो ।

सहकारीबाट भएको वितणको चर्को वितरण भएपछि नगरले कर्मैयामा रहेको एनआईसी एसियाको शाखालाई जिम्मा लगाएको थियो । बैँकमा अत्यधिक भिड र थोरै जनशक्तिका कारण लाभग्राहीले अत्यन्त सास्थी बेहोर्दै आएका थिए । नगरपालिकाले सुरक्षा ब्यवस्था, यातायातको प्रवन्ध तथा वडाकार्यलयमा ईन्टरनेटको ब्यवस्थागर्ने गरी वडाबाट भत्ता वितरण सुरुगर्न लागिएको बैँक शाखा प्रमुख बालक घिमिरेले जानकारी दिए ।

बैँकले सार्वजनिक गरेको सूचना अनुसार पुस २८ र २९ गते वडा नम्बर ११ को बैँक शाखा कार्यलय कर्मैयाबाट सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको छ । यस्तै माघ २ र ३ गते वडा नम्बर १२ को र ४ र ५ गते वडा नम्बर ४ को पनि कर्मैयामा रहेको बैँक शाखाबाटै सुरक्षा भत्ता वितरण हुने भएको छ ।

यस्तै माघ ९ र १० गते वडा नम्बर ५ को, ११ र १२ गते वडा नम्बर ६ को, १३, १४ र १५ गते वडा नम्बर ७ को, खाल्टे बजारमा रहेको सम्यूक्त वडा कार्यलयबाट भत्ता वितरण हुने छ । यस्तै माघ १६ र १७ गते वडा नम्बर ८ को, १८ र १९ गते वडा नम्बर ९ को, २० देखी २२ गते सम्म वडा नम्बर १० को शंकरपुर स्थित सोल्टी बजारमा रहेको सम्यूक्त वडा कार्यलयबाट भत्ता वितरण गरिने बैँकले जनाएको छ ।

यस्तै माघ २३ र २४ गते वडा नम्बर १ को, २५ र २६ गते वडा नम्बर २ को र २७ देखी २९ गते सम्म वडा नम्बर ३ को सम्यूक्त वडा कार्यलय ढुंग्रेखोलाबाट वितरण हुने बैँक प्रशासनले सूचना मार्फत जानकारी गराएको हो । यसबाट लाभग्राही समेत खुसी भएका छन् ।

भत्ता लिन आउदा नागरिकताको फोटो कपी, भत्ता कार्डको फोटो कपी र पहिलो पटक भत्ता दिन आउने लाभग्राहीले दुई प्रति फोटो समेत लिएर आउनु बैँक प्रशासनले अनुरोध गरेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।