Wednesday, March 29, 2023

विभिन्न कार्यक्रम सहित ३० औँ नारायण स्मृति दिवस मनाइयो

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हरिवन–सर्लाहीको हरिवनमा शुक्रबार ३० औँ नारायण स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शुक्रबार हरिवन नगरपालिका–११, वडा कार्यलय प्रंगणमा तत्कालिन हरिवन नगरपालिकाको प्रथम जननिर्वाचित गाविस अध्यक्ष समेत रहेका स्वर्गिय नारायण उप्रेतीको स्मृती दिवस मनाईयको हो । लोकतान्त्रिक ब्यवस्थाको पक्षमा आन्दोलित उप्रेतीको २०४९ सालमा राज्य पक्षका सुरक्षाकर्मीको कठोर यातनाका कारण मृत्यु भएको थियो ।

बिहान हरिवन स्थित पुरानो नगरपालिका कार्यायलको हाताभित्र रहेको उप्रेतीको शालिकमा माल्यअर्पण गरिएको हो । त्यस पछि संचालन भएको औपचारिक कार्यक्रमका अधिकांश बक्ताले स्वर्गीय उप्रेतीको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले स्वर्गीय उप्रेतीले त्यतिबेला देखाएका बाटो आजको आबश्यता भएको बताईन् ।

नारायण उप्रेती स्मृति प्रतिष्ठानका अध्यक्ष राजकुमार उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभाकी सदस्य सुब्बाको प्रमुख अतिथ्यिता रहेको थियो । कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, पूर्व प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, रामप्रसाद घिमिरे, चूडामणि वाग्लेलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा यस अवसरमा सम्पन्न निवन्ध प्रतियोगितामा उत्कृष्ठहुने विभिन्न बिद्यालयका छात्रछात्रा र गत वर्ष हरिवन नगर भित्र एसईई तथा प्ल टूमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी गरी ४६ जनालाई प्रमाणपत्र सहित सम्मान गरिएको प्रतिष्ठानका महासचिव विदुरकुमार प्याकुरेलले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।