Friday, March 31, 2023

जनशक्ति युवा क्लबद्वारा १५ विपन्न बालबालिकालाई स्वीटर वितरण

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

राधेश्याम कुशवाहा– चक्रघट्ट, सर्लाहीको चक्रघट्टमा विपन्न परिवारका बालबालिकाहरुलाई स्वीटर वितरण गरिएको छ ।

शुक्रवार चक्रघट्ट गाउँपालिका–५, पडरियाका १५ बालबालिकाहरुलाई जनशक्ति युवा क्लबले स्वीटर वितरण गरेको हो । केही दिन यता जिल्लामा बढ्दै गएको चिसोका कारण प्रभावित भएका विपन्न बालबालिकाहरुलाई न्यानो प्रदान गर्न स्वीटर वितरण गरेको क्लबका अध्यक्ष धिरेन्द्र ठाकुरले जानकारी दिए । कठ्यांग्रिदो चिसोमा न्यानो स्वीटर पाएपछि बालबालिका दंग परेका थिए ।

न्यानो कपडाको अभावमा बालबालिका कठयांग्रियको देखेपछि थोरै भएपनि सहयोग गरौँ भनेर साथिहरुबाट जम्मा भएको पैसाबाट स्वीटर खरित गरे वितरण गरेको अध्यक्ष ठाकुरले बताए । चिसोले कठ्यांग्रियर मर्ने अवस्था आउदा समेत कसैले वास्ता नगरेको भन्दै स्थानीयले यूवाहरुको कार्यको प्रसंसा समेत गरे । स्वटर वितरण गर्न पुगेका क्लवका यूवाहरुलाई स्थानीयले धन्यवाद समेत ज्ञापन गरे ।

आफुले सकेको सहयोग गरेर समाजका केही बालबालिकाको भएपनि मुहारमा खुसी ल्याउन सकेको उनीहरुको कथन थियो । यस्ता विपद्को समयमा समाजका सबै समुहले समस्यामा परेका परिवारलाई सकेको सहयोग गर्नु पर्नेमा उनीहरुको जोड थियो । उनीहरुले चिसोबाट बच्न अपनाउनस पर्ने साबधानीको बारेमा समेत स्थानीयलाई सचेत गराएका थिए ।

क्लवका अध्यक्ष ठाकुरको अध्यक्षतामा सम्पन्न स्वीटर वितरण कार्यक्रममा क्लबका सदस्य धिरज यादव, सुरेन्द्र राम, बेचन पण्डित, स्थानीय भद्रभलाद्मी, नागरिक समाजका अगुवा, जनप्रतिनिधि स्थानीय लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।