Monday, March 20, 2023

सर्लाहीका मगर समुदायले पनि मनाए माघे संक्रान्ति

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बरहथवा–माघ १, अर्थात माघे संक्रान्ति सर्लाहीमा पनि मगर समुदायले हर्षोउल्लासका साथ मनाईएका छन् ।

आईतवार सर्लाहीका मगर समुदायले महान राष्ट्रिय पर्वको रुपमा माघे संक्रान्ति पर्व मनाएका हुन् । बरहथवा नगरपालिका–२, खेल मैदानमा सास्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाएको नेपाल मगर संघ बरहथवा नगर कमिटिले जनाएको हो । कार्यक्रममा मगर समुदायको सस्कृती झल्कने भेषभुषा तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथि एंव प्रदेश सभा सदस्य बेची लुंगेलीले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिन् । कार्यक्रमका अधिकांश बक्ताहरुले कार्यक्रमले विविधताले भरिपुर्ण हाम्रो समाजमा एकताको सन्देश दिने बताए । यसरी आयोजना गरिएका कार्यक्रमले सबै समुदायमा एक अर्का प्रति सहअस्तित्वको भावना जाग्रित हुने दावी समेत गरे ।

यसै कार्यक्रमका विच नेपाल मगर सघं बरहथवा नगर अधिवेशन समेत सम्पन्न गरिएको थियो । मगर अगुवा दिल बहादुर धना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमले १७ सदस्य बरहथवा नगर कमिटि समेत चयन गरेको छ । कृष्ण सिन्जाली मगरको अध्यक्षतामा नगर कमिटि गठन भएको नेपाल मगर संघ सर्लाहीका अध्यक्ष तेज नारायण आले मगरले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा जयलाल लुंगेलीमगर, सचिवमा यूवराज आलेमगर, कोषाध्यक्षमा दिवस थापामगर र सदस्यहरुमा सोम बहादुर आलेमगर, निर बहादुर थापामगर, मुकुन्द पुलामीमगर, ओमराज बलम्पाकीमगर, अजित धनाहामगर, रंजित पुलामीमगर, चन्द्र रोकामगर, खेम कुमारी आलेमगर, लिला मगर, हिरा थापामगर, सागर थापामगर, राम बहादुर क्याप्छाकीमगर, दिनेश किङरिङमगर चयन भएका छन् ।

प्रदेश सांसद लुंगेलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवाल, उपमेयर राम बाबु साह, प्रशासकिय प्रमुख मदन थापा, नेपाल मगर सङ्घ केन्द्रका पूर्व सदस्य तथा प्रदेश २ इन्चार्ज लेखराम जर्गा मगर, मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति सर्लाही जिल्लाका पूर्व अध्यक्ष भरत पुलामि मगर, सांस्कृतिक संघ जिल्ला संयोजक छल बहादुर राना मगरकोे पनि बिशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मगर संघ सर्लाहीका अध्यक्ष तेज नारायण आले मगर, बरहथवा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष चेत बहादुर राउत, १ नम्बरका राकेश सहनी, ३ का नन्द किशोर महतो, सुरक्षा प्रमुख प्रतिनिधि लगाएतको आतिथ्यता रहेको कार्यक्रम संचालक एवं मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति सर्लाही अध्यक्ष सर्मिला रमौली मगरले जानकारी दिईन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।