Wednesday, March 29, 2023

सर्लाहीको हरिपुरमा पाचौँ माघी महोत्सव उद्घाटन

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाहीको हरिपुरमा थारु सम्बत २६४७ को अवसरमा पाचौँ तिला संक्रान्ति (माघी) महोत्सव २०७९ सुरु भएको छ ।

सोमवार हरिपुर–५, पचगछियामा एक कार्यक्रमका विच पाचौँ तिला संक्रान्ति माघी महोत्सवको प्रतिनिधि सभा सदस्य राम प्रकाश चौधरीले उद्घाटन गरे । थारु समुदायको कला सस्कृती संरक्षणको उद्येश्य लिएर बर्षेनी माघे संक्रान्तिको अवसरमा महोत्सव आयोजना हुदै आएको छ । यस महोत्सवमा थारु समुदायको भेष भुषा, कला, सस्कृती बिषेश रुपमा प्रदर्शन गरिने आयोजकले जनाएको हो ।

यस्ता महोत्सवको माध्यमबाट थारु समुदायको पौराणिक कला संस्कृती संरक्षण तथा पुस्तान्तरणमा समेत टेव पुग्ने कार्यक्रमका बक्ताहरुको धारण थियो । उद्घाटन समारोह पहिले थारु भेष भुषामा सजियका महिला तथा यूवतीहरुले बाँजागाजा सहित विभिन्न कला प्रदर्शन गर्दै र्यली निकालेका थिए । आज र भोली गरेर दुई दिन संचालन हुने महोत्वको पहिलो दिन उद्घाटन समारोह सम्पन्न भएको हो ।

आईतवार काठमाण्डौबाट पोखराका लागि उडेको जहाज दुर्घटनामा परेर ६९ जनाको ज्यान गएको घटनाले आजको कार्यक्रम समेत भोलीलाई सारिएको आयोजकले जनाएका छन् । पुर्ब निर्धारित कार्यक्रम भएकाले सरकारले घोषणा गरेको शोक विदालाई मध्यनजर गर्दे आज उद्घाटन गरेर छाडिएको आयोजक थारुकला सस्कृती आयोजना समिति हरिपुरले जनाएको हो ।

महोत्सवमा कला सस्कृती झल्कने थारु नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगिताम प्रथम, द्धितिय र तृतियहुनेले उपाधि सहित क्रमश २० हजार, १५ हजार र १० हजार नगर पुरस्कार समेत प्राप्त गर्ने हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियारले जानकारी दिए । यस बर्षको महोत्सवमा ‘नेपालके आदिवासी जनजातीके शान, थारु कला सस्कृती हमर पहिचान’ भन्ने नारा तय गरिएको छ ।

प्रतिनिधि सभा सदस्य चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न मेला उद्घाटन कार्यक्रमा पुर्व सांसद रामचन्द्र चौधरी, पुर्व सांसद रंजना सरकार, हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पंजियार, उप प्रमुख निलम देवी राय यादव, प्रशासकिय प्रमुख दिवाकर भुजेल, थारु समुदायका अग्रज बुद्धिजिवी, विभिन्न संघ सस्थकामा प्रमुख एवं प्रतिनिधिहरु र स्थानीयको उल्यख्य उपस्थिती रहेको थियो ।

सर्लाहीको चन्द्रनगरमा पनि हिजो माघे संक्रान्तिको अवसर पारेर तिला संक्तान्ति कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय कला संस्कृतीको संरक्षण सम्बर्धन तथा पुस्तान्तरणको लक्ष्य राखेर कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको हो । कार्यक्रममा स्थानीय कला, सस्कृती प्रदर्शनी तथा प्रतिस्पर्धा कार्यक्रम समेत राखिएको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।