Monday, March 20, 2023

नेकपा (माओवादी केन्द्र)पार्टी केन्द्रिय सदस्य बलको निधन

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही–नेकपा (माओवादी केन्द्र)पार्टी केन्द्रिय सदस्य माया बलको निधन भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपाेखरी निवासी नेकपा (माओवादी केन्द्र)पार्टी केन्द्रिय सदस्य बलको ५३ बर्षको उमेरमा शनिवार राती काठमाण्डौमा निधन भएको हो । तिनहप्ता पहिला हृदयघात भएपछि उन्लाई काठमाण्डौ स्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । उन्को उपचारकै क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

पछिल्लो केही दिन यता सुधारउन्मुख हुदै गएको नेतृ बलको स्वास्थ्य अवस्था शनिवार एक्कासी बिग्रीए पछि भेन्टिलेटरमा राखिएको थियो । उन्को उपचार गर्दैगर्दा निधन भएको अस्पतालले जनाएको परिवारले बताए । विगत केही बर्ष देखी घाटीको क्यान्सरबाट समेत पिडित नेतृ बल नियमित उपचारमै थिईन् ।

२०५५ साल देखीनै उनी तत्कालिन नेकपा (माओवादी) पार्टीमा सकृय भएकी थिईन् । हक्की र निडर स्वभावकी नेतृ बलले माओवादी द्वन्द्वको समयमा ८ बर्ष भुमिगत जिवन समेत विताएकी थिइन् । उनी पार्टीको कर्मठ योद्वाको रुपमा रहेकी समकालिन राजनीतिक सहयात्रीहरु बताउछन् ।

नेतृ वलको निधनले उनको गाउँ बागमती नगरपालिका–२, धरहरा सोकमा डुबेको छ । उन्को निधले सिंगो समाजलाई अपुरणीय क्षती पुगेको नेकपा(माओवादी केन्द्र) बागमती नगर समितिले जनाएको छ । उनी नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य समेत हुन् ।

नेतृ वल गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०७९ को सर्लाहीबाट प्रतिनिधि सभा समानुपातिक सदस्यको उम्मेदवार समेत थिईन् । उनको तिन छोरी एक छोरा छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।