Monday, March 20, 2023

कर्मैया आदर्श जनता क्याम्पसको भवन उद्घाटन

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती–श्रीपञ्चमीको अवसरमा सर्लाहीको बागमतीमा रहेको कर्मैया आदर्श क्याम्पसको भवन उद्घाटन गरिएको छ ।

बिहिवार बागमती नगरपालिका–११, कर्मैयामा रहेको कर्मैया आदर्श जनता क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । श्री पंञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा नयाँ भवनको विभिवत उद्घाटन गरिएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष हरि पुडासैनीले जानकारी दिए ।

बिश्व बिद्यालय भवन अनुदान कार्यक्रम अन्तरगत १ करोड लागतमा निर्माण भएको भवनको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले उदघाटन गरेका हुन् । । २०६९ सालमा स्थापना भएको यस क्याम्पसका शिक्षा संकायमा नियमित पठन पाठन हुदै आएको छ ।

श्री ५ महेन्द्र जनता माविको भवनबाट शैक्षिक गतिविधि संचालन गर्दै आएको क्याम्पसले बिद्यालयले भोगचलनको लागि उपलब्द गराएको ५ कठ्ठा जग्गामा सुविधा सम्पन्न दुई तले पक्कि भवन तयार गरेको हो । हाल यस क्याम्पसका १ सय २ जना छात्रछात्रा अध्यनरत रहेका क्याम्पस प्रशासनले जनाएको हो ।

क्याम्पसको शैक्षिक गुणस्तरको लागि क्याम्पसले नगरका माध्यामिक बिद्यालयका ब्यवस्थापन समिति एवं शिक्षक शिक्षिकाहरु सगँ अन्तरकृया तथा सुझाव संकलन गरिरहेको जनाएको छ । क्याम्पसले यस क्षेत्रका उच्च शिक्षा अध्यन गर्न चाहने बिद्यार्थीका लागि सहुलियत पुर्ण भर्ना समेत संचालन गरिरहेको जनाएको छ ।

कार्यक्रमा संविधान सभा सदस्य नरेन्द्र साह, नगरकी उपमेयर लिला कुमारी मोक्तान, पुर्व ब्यवस्थापन समिति अध्यक्ष रेवती पन्त, नगरका शिक्षा संयोजक राज कुमार बिश्वकर्मा, नगरका विभिन्न बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, क्याम्पसका शिक्षक शिक्षिका, बिद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।