Monday, March 20, 2023

माघ २५ गतेबाट राजर्षि जनक कपको सातौँ संस्करण

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती-मधेश प्रदेशको गौरवको प्रतियोगिता राजर्षि जनक कपको सातौँ संस्करण माघ २५ गतेबाट हुने भएको छ ।

आईतवार आयोजक बागमती यूवा क्लवले पत्रकार सम्मेलन गरेर पतियोगिताको बारेमा जानकारी गराएको हो । बर्षेनी आयोजना हुदै आएको यस प्रतियोगितामा प्रतिष्ठित १२ वटा क्लवले सहभागिता जनाउने भएका छन् । प्रदेशमै सर्वाधिक पुरस्कार राशी रहेको यस प्रतियोगिताको विजेताले १० लाख र राजर्षि रनिङ शिल्ड र उपविजेताले नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको हो ।

पर्यटन प्रवर्धन तथा सस्कृतीको सम्बर्धन नारा सहित संचालन हुन लागेको प्रतियोगिताको अनुमानित लागत ९८ लाख रहेको क्लवका महासचिव सागर मैनालीले जानकरी दिए । यस प्रतियोगितामा विभागिय टिम नेपाल पुलीस क्लव र एपिएफ क्लव, ए डिभिजनको मच्छिन्द्र फुटवल क्लव, जावलाखेल यूथ क्लव, संकटा क्लव, चर्चब्वईज यूनाईटेड ललितपुर सहभागि हुने भएका छन् ।

यस्तै मोफलका चर्चित एवं साविक विजेता पिप्ले यूवा क्लव हेटौडा, सुदुर पश्चिम–११, धनगडी, धरान फुटवल क्लव धरान, नवजनजाग्रिती फुटवल क्लव सिमरा, पाहुना टोली यूनाईटेड किङडम फुटवल क्लव दार्जलिङ र आयोजक बागमती यूवा क्लवले उपाधीका लागि प्रतिस्पर्धा गर्ने क्लवका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए ।

बागमती नगरपालिका खेलकुद विकार समिति समेत आयोजक रहेको यस प्रतियोगिता बागमती–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा संचालन हुनेछ । स्थानीय खेल क्षेत्र तथा उदाउदा खेलाडिको प्रोत्साहन स्वरुप सूर भएको यस प्रतियोगितामा बागमतीका एक उत्कृष्ट खेलाडिले एक थान मोटरसाईकल समेत पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै क्लवका अध्यक्ष किस्मत राज मैनालीले यस प्रतियोगिता प्रति मधेश प्रदेश सरकार उदासिन देखीएको आरोप लगाए । यस प्रदेशको धार्मिक पर्यटन र आश्था सगँ जोडिएको राजर्षि जनक कप संचालनमा कुनै सहयोग नगर्नुले प्रदेश सरकार प्रतियोगिता तर्फ सकारात्मक रहेको नदेखीएको उन्ले जिक्किर गरे ।

‘राजा जनक प्रतिको सम्मान र पर्यटनमा यसले टेवा पुर्याउने गरी गाउँ घरमा सय, पचास सहयोगबाट प्रतियोगिता संचालन गरिरहेका छौँ ।’ अध्यक्ष मैनालीले भने । ‘तर, यसको प्रत्यक्ष संरक्षक रहनु पर्ने मधेश सरकारलाई हामीले पटक–पटक आग्रह गर्दा समेत कुनै वास्ता गरेन् ।’ उद्योग कलकारखाना समेत प्रसस्त भएको यस प्रदेशमा यस्ता प्रतियोति प्रती उद्योगीहरु समेत आकर्षित हुन नसकेका आयाजकको गुनासो छ ।

यस्तै माघ २५ गते हुने उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लव र जावलाखेल यूथ क्लव विच प्रतिस्पधा हुने भएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।