Wednesday, October 4, 2023

खस्कदो शैक्षिक गुणस्तर उकास्न प्रधानाध्यापकसँग सुझाव संकलन

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

राधेश्याम कुशवाह, गोडैता–शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले खस्कदो शैक्षिक गुणस्तर उकास्न प्रधानाध्यापकसंग लिखित सुझाव संकलन गरेको छ ।

गोडैता नगरपालिका–१०, सिसौटिया स्थित नारायणहरि माध्यमिक विधालयमा जिल्ला स्तरीय शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यमिक तहका प्रधानाध्यापकहरूसंग अन्तरक्रिया आयोजना गरिएकोे हो । कार्यक्रममा मौजुदा शैक्षिक नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय, शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रधानाध्यापकको भूमिका र विधालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा विधालयको भूमिका विषयमा घनिभूत छलफल भएको थियो ।

छलफलमा सहभागी प्रधानाध्यापकहरूबाट लिखित सुझाव संकलन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । पब्लिक माध्यामिक बिद्यालय, मलंगवाका प्रधानाध्यापक सुवास कुमार यादवले शैक्षिक नीति तथा कार्यक्रममा राजनीतिक दलको मजबुत पकडका कारण शैक्षिक गुणस्तर खस्कदै गएको टिप्पणी गरे । उनले नेपालको शैक्षिक नीति तथा कार्यक्रम समेत समय र आवश्यकता अनुसार परिमार्जित नभएको बताए ।

घोकन्ते शिक्षा प्रणाली, पश्चिमा शिक्षा प्रणाली, पुरानो पाठयक्रम, पुरानोे राष्ट्रिय शैक्षिक उदेश्य, शैक्षिक प्रक्रिया तथा मूल्यांकन विधि कायम रहेकोले पनि शैक्षिक अवस्था बिग्रिदै गरेको उल्लेख गरे । शिक्षा क्षेत्रलाई राजनीतिक भन्दा टाढा राखी समय सापेक्ष व्यवहारिक शिक्षामा जोड दिनु पर्ने उनको भनाई थियो । वैज्ञानिक तथा प्रयोगात्मक शिक्षा प्रणालीमा जोड दिन सके शैक्षिक गुणस्तर सुधार्न सकिने उन्को भनाई थियो ।

शैक्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षको भूमिका स्पष्ट हुनु पर्ने हरिवन–८, स्थित महादेव जनता माध्यामिक बिद्यालयका सहायक प्रधानाध्यापक गिरीराज राना बताउँछन । उनले खस्कदो शैक्षिक गुणस्तरमा राज्यको शिक्षा सम्बन्धी अस्थिर नीति तथा डिजिटल टुल÷वेबसाइटको प्रयोग गर्न नसक्नुलाई समेत दोष दिए । प्रविधिको कमजोर प्रयोगका कारण पनि समय सापेक्षा शिक्षण सिकाई हुन नसकेको दावी गरे ।

बालगोविन्द माध्यामिक बिद्यालय, कविलासी–२, पिपरियाका प्रधानाध्यापक बद्री नारायण मिश्रले निःशुल्क शिक्षा ऐन बमोजिम क्रियाकलाप नभएको स्वीकार गरे । संघीय शिक्षा ऐन हालसम्म लागू नभएको उन्को भनाई थियो । शिक्षक विधार्थी अनुपात अनुसार दरबन्दी नहुनु, शिक्षक समान(एउटै) किसिमको नहुनु, उच्च माध्यामिक बिद्यालय निजि स्रोतबाट सञ्चालन गर्नुपर्ने बाध्यता शिक्षा क्षेत्रको मुख्य समस्या रहेको उन्को तर्क थियो ।

विधालयले कुनै किसिमको शुल्क नलिदा विधालयको खर्च व्यवस्थापन संघीय सरकार मार्फत नहुदा संचालनमै समस्या हुनेगरेको उनले बताए । बिध्यालय सगँ कुनै साधन श्रोत नहुने तर, सबै जिम्मा बिध्यालयलाई लगाउने गर्दा समेत यस्तो अवस्था सृजना भएको सहभागि शिक्षकहरुको भनाई थियो । कार्यक्रममा जिल्लाका ८४ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा बिध्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवको प्रमुख आतिथ्य तथा नारायणहरि माध्यमिक विधालय सिसौटियाका प्रधानाध्यापक मनोज कुमार रायको अध्यक्षता सम्पन्न भएको कार्यक्रमलाई इकाइका प्राविधिक सहायक सुनिल कुशवाहाले संचालन गरेका थियो । सर्लाहीका इकाइ प्रमुख रामअधार सिंह कुशवाहा, नेपाल शिक्षक महासंघ अध्यक्ष नरेन्द्र यादव, गोडैता नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रमोद कुमार यादव, विधालय व्यवस्थापन समितिका अध्यक्ष गोपी मण्डल लगायतकाको आतिथ्याता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...