Wednesday, March 29, 2023

बिशाल ग्रुपको सहयोगमा विपन्न परिवारलाई न्यानो कपडा

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

काठमाण्डौ स्थित बिशाल ग्रुपको सहयोगमा सर्लाहीको चन्द्रनगरका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

सोमबार चन्द्रनगर गाउँपालिका–६, कामदमा एक कार्यक्रमका विच न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा पाएपछि स्थानीय विपन्न मुसहर परिवार अत्यन्त हर्षित बनेका छन् । केही समय पहिला उक्त टोलामा चिसोका कारण विपन्न परिवार कठयांग्रिएका तथा जिल्लाका विभिन्न स्थानमा विपन्नले कठ्यांग्रियर ज्यान गुमाएको खवर नयाँ पत्रिका दैनिक र अनलाई संस्करणमा प्रकासन भएको थियो ।

सोही समाचारबाट विपन्नको अवस्था बारे जानकारी पाए पछि बिशाल गु्रपले सर्लाहीका नयाँ पत्रिकाकर्मी सगँ सम्पर्क गरेर न्यानो कपडा वितरण गरेको हो । गु्रपको तर्फबाट प्राप्त एक सय २० थान कम्बल, एक सय २० थान पछेउरा र २० थान ज्याकेट वितरण गरिएको स्थानीय अगुवा राम केवल माझीले जानकारी दिए । गु्रपको सहयोगमा विपन्न परिवारले पाएको न्यानो कपडा तथा कम्बलका कारण उनीहरुलाई चिसोबाट बच्न थोरै भएपनि राहत मिलेको उन्को भनाई थियो ।

उक्त सामान विपन्न परिवार सम्म वितरणको लागि स्थानीय अगुवा माझले महत्वपुर्ण भुमिका निर्वाह गरेका उक्त सहयोगि संस्थाले जनाएको हो । प्राप्त मध्य चन्द्रनगर–६, कामदमा दुई सय जनालाई कम्बल, पछेउरा र ज्याकेट वितरण गरिएको थियो । बाँकी सामान हरिपुर नगरपालिका स्थित विभिन्न मुसहर वस्तीमा ६० जनालाई वितरण गरिने उन्ले जानकारी दिए ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साहको उपस्थितीमा उक्त समाग्री वितरण गरिएको थियो । सहयोगी संस्था बिशाल ग्रुपले सामाजिक उत्तरदायित्व कोष मार्फत सहयोग उपलब्द गराएको कम्पनीका कुनाल थापाले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।