Monday, March 20, 2023

सातौँ राजर्षि जनक कपको सम्पुर्ण तयारी पुरा

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती–मधेश प्रदेशको सर्वाधिक पुरस्कारराषी रहेको राजर्षि जनक कप सातौँ संस्करणको सम्पुर्ण तयारी पुरा भएको छ ।

बुधवारबाट बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा सुरुहुन लागेको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक बागमती यूवा क्लवले जनाएको हो । फागुण ७ गते फाईनल खेल हुने यस प्रतियोगितामा विभागिय र ए डिभिजनका ६ टिम, मोफसलका चर्चित ४ टिम, पाहुना र आयोजक एक÷एक गरेर १२ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

खेलकुदको माध्यमबाट ‘पर्यटन प्रवर्धन तथा सस्कृतीको सम्बर्धन’ को नारा सहित प्रतियोगिता संचालन हुनलागेको हो । प्रतियोगिताका विजेताले १० लाख र राजर्षि रनिङ शिल्ड तथा उप–विजेता टिमले नगद ५ लाख प्राप्त गर्ने आयोजक क्लवका कोषाध्यक्ष कुमार प्रधानले जानकारी दिए । प्रतियोगिताको अनुमानित लागत ९८ लाख रहेको क्लवका महासचिव सागर मैनालीले जानकारी दिए ।

प्रतियोगितामा विभागिय टिम नेपाल पुलीस क्लव र एपिएफ क्लव, ‘ए’ डिभिजनका मच्छिन्द्र फुटवल क्लव, जावलाखेल यूथ क्लव, संकटा क्लव, चर्चब्वईज यूनाईटेड, साविक विजेता पिप्ले यूवा क्लव, सुदुर पश्चिम–११, धनगडी, धरान फुटवल क्लव धरान, नवजनजाग्रिती फुटवल क्लव सिमरा, पाहुना टोली यूनाईटेड कर्सेङ फुटवल क्लव दार्जलिङ र आयोजक बागमती यूवा क्लवले सहभागिता जनाउने क्लवका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए ।

खेलको उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले उद्घाटन गर्ने
सातौँ राजर्षि जनक कपको उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने भएका छन् ।

बुधवार एक कार्यक्रमका विच उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले सातौँ राजर्षि जनक कपकोे उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक बागमती यूवा क्लवले जनाएको हो । खेल उद्घाटनको लागि उनी बुधवारनै सर्लाही आईपुग्ने भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लव र जावलाखेल यूथ क्लव काठमाण्डौ विच प्रतिस्पधा हुनेछ ।

उद्घाटनको दिन नगरपालिकामा सार्वजनिक विदा
सातौँ राजर्षि जनक कप उद्घाटनका दिन बागमती नगरपालिका कार्यलयले सार्वजनिक विदा घोषणा गरेको छ ।

बागमती नगरपालिका कार्यलयले मंगलवार एक सुचना जारी गर्दै बुधवार नगरपालिका भरी सार्वजनिक विदा घोषण गरेको हो । यस नगरपालिका र बागमती यूवा क्लवको सम्यूक्त आयोजनामा सुरुहुन लागेको प्रतियोगिता उद्घाटको दिन नगरपालिका मातहतका कार्यलय र शैक्षिक संस्था बन्द रहने समेत सूचनामा उल्लेख गरिएको छ ।

मधेश प्रदेशको शान, राजा जनक प्रतिको सम्मान भन्ने नारा सहित घरेलु मैदानमा हुन गईरहेको यस प्रदेशकै गौरवको प्रतियोगितामा उपस्थित भई खेलको खोलाडि र खेल क्षेत्रलाई प्रत्साहन प्रदान गरिदिन समेत नगरपालिकाले सम्पुर्ण नगरवासिमा आग्रह गरेको छ । बुधवारबो उद्घाटन समारोहमा सशस्त्र प्रहरीको बाहिनीको ब्याण्डबाजा टोलीले परेड तथा मार्चपास समेत गर्ने आयोजकले जनाएको हो ।

प्रतियोगितामा बागमतीका एक उत्कृष्ट खेलाडिले एक थान मोटरसाईकल समेत पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता प्रति मधेश प्रदेश सरकार उदासिन देखीएको आरोप लगाए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।