Tuesday, March 28, 2023

पहिलो सेमिफाईनलमा जावलाखेल र संकटा भिड्दै

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनलमा संकटा र जावलाखेल भिड्ने भएको छ ।

बिहिवार बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा हुने पहिलो सेमिफाइनलमा संकटा र जावलाखेलले प्रतिस्पर्धा गर्न लागेका हुन् । दुवै टोली उपाधि खेल जित्दै उपाधि होडमा कायम रहने दाउमा रहने छन् । यो खेलको विजेता टोलीले कम्तिमा उपविजेताको उपाधि रक्षा गर्ने छ ।

जावलखेल यूथ क्लव ललितपुरले सोमिफाइनल प्रतिस्पर्धाको लागि यस पहिला भएको प्रिक्वाटर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लव र क्वाटरफाइनलमा साविक विजेता पिप्ले फुटवल क्लव हेटौडालाई पराजित गरेको थियो । भने, एक खेल बाई पाएर सिधै क्वाटरफाइनल खेलेको संकटा क्लवले नव जनजाग्रिती फुटवल क्लवलाई हराएको थियो ।

शुक्रवार हुने प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटवल क्लव र सुदुरपश्चिम–११, धनगढी विच प्रतिस्पर्धा हुने छ । यस भेटको लागि सुदुरपश्चिम–११,ले प्रिक्वाटरफाइनलमा पाहुना टोली यूनाईटेड कुर्सेङ दार्जलिङ र क्वाटरफाइनलमा चर्चब्वाईज यूनाईटेड ललितपुरलाई पराजित गरेको थियो । भने, एक खेल वाईपाउदै क्वाटरफाइनलमा प्रवेश गरेको मच्छिन्द्रले आयोजक बागमती यूवा क्लव सर्लाहीलाई पराजित गरेको हो ।

फागुण ७ गते हुने फाइन हुने प्रतियोगिताको विजेताले १० लाख नगद र राजर्षि रनिङ सिल्ड र उपविजेता टिमले नगद ५ लाख प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा विधागत उत्कृष्ठ खेलाडिहरुलाई समेत पुरस्कार प्रदान गरिने आयोजक क्लवले जनाएको हो।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।