Monday, March 20, 2023

चुरे जनता प्राविमा अक्षयकोष स्थापना तथा शैक्षिक सामाग्री वितरण

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

हरिवन–सर्लाहीको हरिवन स्थित चापिनीमा रहेको चुरे जनता आधारभुत बिद्यालयमा अक्षयकोष स्थापना तथा शौक्षिक सामाग्री वितरण गरिएको छ ।

आईतवार ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा एक सहयोगी दाताले बिद्यालयमा अक्षयाकोष स्थापना गरिदिनुका साथै बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिदिएका हुन् । पुरानो घर हरिवन नगरपालिका–८, भई काठमाण्डौ बस्दै आएका डाक्टर नरेन्द्र प्रसाद मैनाली परिवारको सहयोगमा बिध्यालयमा अक्षयकोष स्थापना गरिएको बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष दिपक उप्रेतीले जनाकारी दिए ।

डाक्टर मैनाली र उहाँकी श्रीमती प्रतिभा आचार्य मैनालीले एक लाख ११ हजार रुपैया बराबरको अक्षयकोष स्थापना गरिदिनु भएको बिध्यालयले जनाएको छ । अक्षयकोषको रकमबाट प्रतेक बर्ष प्रजातन्त्र दिवसको अवसरमा बिद्यालयमा रचनात्मक कार्य गरिने उल्लेख छ । सहयोगी दाता डाक्टर मैनालीले कोषको रकम प्रतेक बर्ष बढाउदै लैजाने र एक शिक्षकको तलव सोही कोषबाट दिनपुग्ने बनाउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

सोही कार्यक्रम मार्फत बिद्यालयमा अध्यनरत बालबालिकाहरुलाई कपि, सिसापेन्सिल, ईरेजर लगाएतका शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो । बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)को प्रमुख आतिथ्यता रहेको थियो । भने, नगरकी उपमेयर हरिमाया घलान, सहयोगी डाक्टर नरेन्द्र प्रसाद मैनाली तथा उहाँकी श्रीमती प्रतिभा आचार्य मैनालीको बिशिष्ठ आतिथ्यता रहेको बिध्यालयले जनाएको हो ।

कार्यक्रममा वडाध्यक्ष प्रज्वल ढुंगाना, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, नेता चुडामणी वाग्ले लगाएतको आतिथ्यता रहेको थियो । प्रजातन्त्र दिवसको अवसरमा बिद्यालयले विभिन्न कार्यक्रम सम्पन्न गरी उत्कृष्ठ बिध्यार्थीहरुलाई पुरस्कृत समेत गरेको जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।