Monday, March 20, 2023

आत्मसमर्पण गरेका तिन फरार प्रतिवादी धरौटीम रिहा

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

चार बर्ष पछि आत्मसमपर्ण गरेका सर्लाहीको रामनगर घटनाका तिन फरार प्रतिवादीहरु धरौटी रिहा भएका छन् ।

रामनगर गाउँपालिका–४ मा विकास निर्माणको बिषयलाई लिएर २०७५ साल कात्तिक १२ गते दुई समुह विच झडप भएको थियो । झडपमा सोही स्थानका राम बिलास महतोको मृत्यु भएको थियो । भने, राम नरेश महतोको खुट्टा भाचिनुका साथै अंगभंग भएको थियो ।

सोही घटनामा संलग्न मध्य फरार रहेका तिन जना धरौटीमा रिहा भएका हुन् । फरार रहेका रामनगर–४, बस्ने ४४ बर्षका धर्मेन्द्र साह, सोही स्थानका ३७ बर्षका राजिव कुमार यादव, ५० बर्षका देवेन्द्र राय यादवलाई जिल्ला अदालत सर्लाहीले धरौटीम रिहा गरेको हो ।

घटना लगतै फरार रहेका उनीहरु बिरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना मुद्धा चलेको थियो । तिनै जनाले चार बर्ष पछि जिल्ला प्रहरी कार्यलय सर्लाहीमा आत्मासमर्पण गरेका एक प्रहरी अधिकारीले जानकारी दिए । उनीहरु तिनै जनालाई प्रहरीले ८ गते सोमबार जिल्ला अदालत उपस्थित गराएको थियो ।

जिल्ला अदालतले पक्राउ परेका मध्य धर्मेन्द्र साहलाई दुई लाख, राजिव कुमार यादव र देवेन्द्र राय यादवलाई जनही एक लाख ५० हजारका दरले धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।

दुई छुट्टा छुटै राजनीतिक दाल विचको विवादका कारण उक्त घटना घटेको श्रोतको दावी छ ।

यसैबीच, सर्लाही प्रहरीले गएको दुई महिनामा ३४९ जना फरार अभियुक्तलाई पक्राउ गरिसकेको प्रहरी उपरीक्षक सुवेदीले बताए । उनका अनुसार पक्राउ परेकाहरु कर्तव्य ज्यान, कुटपीट, हातहतियार, लागूऔषधलगायत मुद्दाका अभियुक्त रहेका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।