Monday, March 20, 2023

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ ।

हरिवन नगरपालिका–५, निवासी २४ बर्षका राजेन्द्र महतोलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको हो । विपन्न परिवारका राजेन्द्र र उन्का बुवा सन्तलाल शारिरीक अपांग छन् । उनीहरुलाई दैनिकी गुजार्न समेत समस्या भएकोले जिविकोपार्जनमा टेवा पुर्याउन ३ लाखमा खरिद गरेर बिजुलीबाट चल्ने मयूरी दिएको वडाध्यक्ष नागेन्द्र कुमार साहले जानकारी दिए ।

राजेन्द्रका बुबा ४६ बर्षका सन्तलाल महतो समेत चिरान मिलमा कामगर्ने क्रममा बायाँ हात काटिए पछि २३ बर्ष देखी अपांग छन् । मयूरी पाएपछी जिविकोपार्जनका लागि सहज हुने राजेन्दका बुबा सन्तलाल महतोले बताए । ८ जना सदस्य रहेकोे उनीहरु सगँ एक कठा घडेरी मात्र छ । बाउछोरानै मजदुरी समेत गर्न नसक्ने भएपछि गाउँकै एलानी जग्गामा तरकारी उब्जनी गरेर परिवार धान्दै आएका थिए ।

५ बर्ष पहिला आफ्नै खेतमा मोटरबाट पानी सिंचाई गर्ने क्रममा राजेन्द्रलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उन्को बायाँ खुट्टा घुडा सम्म काटिएको छ । यस पहिला उनी गाउँकै दुध संकलन केन्द्रमा गाडि चलाउने गरेका थिए । त्यसपछि बेरोजगार बनेका उन्ले शारिरीक अपांगता भएका ब्यक्तीहरुले मयूरी चलाएको देखेर आफुलाई पनि हिम्मत आएको बताए ।

शुक्रवार वडा कार्यलय परिषरमा आयोजित औपचारिक कार्यक्रमका विच हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी(कमल)ले राजेन्द्रलाई मयूरीको चावी हस्तान्तरण गरे । सोही कार्यक्रमका सम्बोधन गर्दै मेयर बुढाथोकीले ‘माछा मारेर बाड्नु भन्दा, जाल बाडेर’ विपन्न परिवारलाई जिविकोपार्जनमा टेवा पुर्याउने गरी मयूरी किनेर हस्तान्तरण गरिएको जानकारी दिए ।

‘गाउँघरमा अशक्त ब्यक्तीहरुले चन्दा मागेर हिड्ने प्रचलन ब्याप्त छ ।’ उन्ले भने, ‘आफुले सकेको काम गरेर जिविकोपार्जन गर्छु, सहयोग गरिदिनु पर्यो भन्नु उदाहरणिय कार्य होे ।’ यसरी पालिका वा वडाले दिएको सहयोग आफ्नै करबाट प्राप्त भएकोले यस्लाई आफ्नै सम्पतीमानेर सदुपयोग गर्न समेत मेयर बुढाथोकीले आग्रह गरे । यस्ता कार्यक्रम लक्षित बर्ग सम्म पुर्याउन बौधिक तथा शारिरीक अपांगता संस्थाकी प्रतिनिधि अन्जना कडरियाले आग्रह गरिन् ।

वडाकार्यलयले आफ्ना नागरिकाको जिवनस्तर उकास्न गरेको उत्कृष्ठ पहल भएको नगरकी उपमेयर हरिमाया घलानको भनाई थियो । उक्त वडाले यस पहिला पनि एक विपन्न परिवारका घर बनाएर हस्तान्तरणको गरेको थियो । वडको बजेटबाट बर्षेनी ५ जना विपन्न छात्रछात्राहरुलाई उच्च शिक्षाकोलागि समेत छात्रबृती वितरण गर्दै आएको छ ।

यस्ता कार्यक्रमले शारिरीक तथा बौधिक अपांगता भएका अरुमा समेत जिवन निर्वाह गर्ने उत्साह थप्ने कार्यक्रमका बक्ताहरुको प्रतिकृया थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।