Tuesday, March 28, 2023

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

शनिवार बागमती नगरपालिका–३, धरहरामा रहेको जनकल्याण आधारभुत बिध्यालय प्रांगणमा आँखा शिविर संचालन गर्न लागिएको हो । शिविरमा निशुल्क आखाँ जाचँ गरिने आयोजक बागमती नगरपालिका स्वास्थ्य शाखाले जनाएको हो । शिविरमा फेला परेका आखाँका मोती बिन्दुका बिमारीको निशुल्क शल्यकृया समेत गरिने आयोजक तिलगंगा आखाँ प्रतिष्ठान काठमाण्डौले जनाएको हो ।

शुक्रवार बरहथवा–१, मा भएको निशुल्क शिविरमा ५ सय ७ जनाले आँखा जाचँ गराएका छन् । पुरानो वडा कार्यलय स्थित रत्न गिरिको घरमा भएको शिविरमा २ सय ९१ महिला र २ सय १६ जना पुरुषले आँखा जाचँ गराएका हुन् । शिविरमा आँखा जाचँ गरेका मध्य १ सय २ जनामा मोती विन्दुको समस्या देखा परेको चिकित्सकहरुले जनाएका छन् ।

यस्तै शिविर अन्तरगत यस पहिला बागमती नगरपालिकाको छुट्टा छुटै स्थानमा भएको शिविरमा ८ सय ८२ जनाले आखाँ जचाएका थिए । त्यस मध्य ८७ जनामा मोती विन्दूको विमारी फेला परेका छन् । यस्तै २१ गते बसबरिया–३, भवानीपुर स्वास्थ्य चौकीमा र फागुण २४ गते हरिवन–१, आधारभुत प्राथमिक बिध्यालय पटौँना, २५ गते हरिपुर नगरपालिका–१, स्वास्थ्य चौकी भवन हजारविगाहमा शिविर संचालन हुने भएको छ ।

फागुण २७, २८ र २९ गते बागमती नगरपालिका–८, स्थित नव जन जागरण माध्यामिक बिध्यालय शंकरपुरमा आखाँ जाचँ तथा शिविरबाट छानिएका मोती बिन्दुका बिमारीको निशुल्क शल्यकृया गरिने बागमती स्वास्थ्य शाखा प्रमुख पदम बहादुर रायमाझीले जानकारी दिए ।

बागमती नगरपालिका र काठमाण्डौ स्थित तिलगंगा आखाँ प्रतिष्ठानको सम्यूक्त आयोजनामा संचालन भईरहेको शिविरमा तिलगंगा आखाँ प्रतिष्ठानका बिषेशज्ञ चिकित्सकहरु खटिएका छन् । फागुण २९ गते सम्म संचालन हुने शिविर बागमती, हरिवन, हरिपुर र बरहथवा नगरपालिका तथा बसबरिया र रामनगर गाउँपालिकाका विभिन्न स्थानमा संचालन भईरहेका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।