Wednesday, June 7, 2023

जनता भुमि अधिकारबाट बन्चित छन् भनेर मात्र पुग्दैन् : एमाले सांसद सुब्बा

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

बागमती-तथ्यांकमा नागरिक भुमिबाट बन्चित छन्, भनेर मात्र नपुग्ने नेकपा एमालेकी प्रतिनिधि सभा सांसद सरस्वती सुब्बाको भनाई छ ।

शनिवार सर्लाहीको बागमतीमा आयोजित भुमि अधिकार मञ्च सर्लाहीको छैठौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सांसद सुब्बाले यस्तो बताईन् । सरकारले भुमि हिन सुकुम्बासीलाई उनीहरुको भुमि सम्बन्धी अधिकार प्रदान गर्ने कुरामा तदारुक्ता देखाउनु पर्ने उन्को भनाई थियो । भुमिहिनहरुलाई सरकारले सामाजिक न्यायका लागि र भुमिहिनको समस्या समाधानको लागि बनाएका आयोगलाई अधिकार सम्पन्न बनाएर काम गर्न दिनुपर्ने उल्लेख गरिन् ।

सरकारले पटक–पटक भुमिहिनको समस्या सम्बोधन गर्न भनेर अनेकन आयोग बनाए पनि भुमिहिनको समस्या समाधान नभएको उन्को तर्कथियो । भुमिहिनहरुले अझै आफ्नो अधिकारको निमित्त लड्नुपर्ने सांसद सुब्बाले बताईन् । भुमि अधिकार मञ्चको केन्द्रिय अध्यक्ष समेत रहेकी उन्ले आफुहरुको भुमिका फेरीएकोले अब सदनबाट भुमि अधिकारको कुरा उठाउने दावी गरिन् ।

भुमिहिनको मतबाट स्थानीय तह देखी केन्द्र सम्म निर्वाचित प्रतिनिधिहरुले आफुले गरेका प्रतिवद्धता पुरा गरे नगरेको मुल्यांकन गर्ने र खवरदारी गर्ने काम भुमिहिनहरुको भएको समेत उन्ले जिकिर गरिन् । सरकारले भुमि हिनहरुको समस्या समाधान गर्न देशै भरी भुमि आयोग गठन गरेकोले त्यसले गरिरहेको कामको निगरानी गर्न समेत उन्ले सम्पुर्ण भुमिहिनहरुलाई आह्वान गरिन् ।

कार्यक्रममा भुमि अधिकार मञ्चको तर्फबाट सांसद सुब्बालाई हलो उपहार दिईएको थियो । यस सम्मेलनले आगामि ३ बर्षे नयाँ कार्यकालको लागि सर्लाही जिल्ला समिति गठन गर्ने भुमि अधिकार मञ्च सर्लाहीले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...