Wednesday, June 7, 2023

जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा आचार्य निर्वाचित

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

सर्लाही–जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा मन्दिरा आचार्य निर्वाचित भएकी छिन् ।

शनिवार सम्पन्न मतदान मार्फत संघको अध्यक्षमा ३७ मत सहित नेत्रगंज महिला साकोस लालबन्दीकी आचार्य निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी हरिन्द्र राउतले ३० मत मात्र प्राप्त गरे । यस पहिला संघको १३ औँ बार्षिक साधारण सभा मार्फत सर्वसहमतिले नेतृत्व चयनको प्रयास भएको थियो ।

अध्यक्ष सहित ८ जना पदाधिकारीमा सहमती जुट्न नसके पछि चुनाव गराउनु परेको निर्वाचन समिति सदस्य बाबुराम घिमिरेले जानकारी दिए । निर्वाचन मार्फत सचिवमा सगुन साकोसका अध्यक्ष केशव ढकाल ३९ मत सहित निर्वाचित भएका छन् । ढकालका निकटतम प्रतिस्पर्धी तपेश्वर चौधरीले २४ मत मात्र प्राप्त गरे ।

यस्तै संचालक सदस्य पदमा ६७ मत सहित जनमुखी साकोस मलंगवाका पाँचु महतो, ६६ मत सहित जनहित साकोसका चेत प्रसाद तिमल्सिना, ५५ मत सहित दिनेश्वर राय यादव, ५३ मत सहित स्वस्तिक साकोस ईश्वरपुरका बेचु प्रसाद तिमल्सिना र ५० मत सहित भवानी घिमिरे निर्वाचित भएकी छन् ।

संघको लेखा सुपरिवेक्षण समिति संयोजकमा ४० मत सहित चमेली साकोस बयलवासका भरत साह निर्वाचित भएका छन् । उन्को निकटतम प्रतिस्पर्धी मोहन राय यादवले २० मत मात्र प्राप्त गरे ।

संस्थाको उपाध्यक्षमा जय माता महारानी साकोस गौरिशंकरका धनेश्वर महतो, कोषाध्यक्षमा स्वाबलम्बन साकोसका लालबाबु महतो र लेखा सिपरिवेक्षण समिति सदस्यमा साहस साकोस कौडेनाका महादेव साह र ललिता कुमारी यस पहिलानै निर्विरोध निर्वाचित भईसकेक थिए । निर्वाचित पराधिकारीहरुलाई निर्वाचन समिति सदस्य द्वय घिमिरे र महेन्द्र राउतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका थिए ।

नव निर्वाचित जिल्ला बचत तथा ऋण संघ सर्लाही कमिटिको कार्यकाल चार बर्षको हुने छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...