Wednesday, June 7, 2023

अनुदानमा ११५ किसानहरुलाई कृषि सामग्री वितरण

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

राधेश्याम कुशवाह–गोडैतासर्लाहीको गोडैता नगरपालिका स्थित जयपुर टोलमा ११५ जना किसानहरुलाई कृषि सामग्री वितरण गरिएको छ ।

तरकारी पाकेट विकास कार्यक्रम अन्तरगत गोडैता नगरपालिका कृषि शाखाले गोडैता–२, का किसानलाई आधुनिक कृषि उपकरण वितरण गरिएको हो । कृषि उपकरण एक कार्यक्रमका बिच नगरका मेयर देवेन्द्र कुमार यादवले वितरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उपकरणको सहयोगमा किसानहरुलाई खेतीपातीमा सहयोग पुग्ने मेयर यादवले बिश्वास ब्यक्त गरे ।

श्रीविन मुखिया कृषक समूहमा आबद्व तरकारी खेति गर्ने किसानहरुलाई विद्युतिय मोटर, सिडि पम्पसेट, स्प्रे टंयाकी, स्यालो टयूबेल, तरकारीका बिउ, विशादी लगायत अन्य कृषि सामग्री वितरण गरिएको स्थानिय मुकेश ठाकुरल जानकारी दिए । कृषि सामग्री पाएपछि किसानहरुलाई ठुलो राहत मिलेको श्रीविन मुखिया कृषक समूहका अध्यक्ष राम सितल मुखियाले बताए ।

‘कृषि सामग्री, बिउविजन, लगायत मलखादका अभावमा कृषि क्षेत्र थप चुनौति बन्दै गएको छ ।’ उहाँले भने, ‘किसानलाई समेटेर कार्यक्रम संचालन गरेर स्थानीय सरकारले आफ्नो भुमिका निर्वाह गरेको छ ।’ कार्यक्रममा बोल्दै गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले स्थानिय सरकारको पहिलो प्राथमिकतामा कृषि क्षेत्र समेत बताए ।

नगरका अधिकांश किसान कृषिमा निर्भर रहेका कारण कृषिको विकास विना आम नागरिकको आयस्रोतमा बृद्वि नहुने उन्ले बताए । उहाँले नगरका कृषि प्रणालीलाई आधुनिकिरण र सुधार गरी किसानहरुलाई कषिमै टिकाउ राख्न विभिन्न कार्यक्रम ल्याउने समेत बताए । साथै कृषि पेसा सुधारले स्थानीयको जिवनस्तरमा उल्लेखनिय सुधार हुने विश्वास ब्यक्त गरे ।

प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम अन्तरगत १२ लाखको सर्शत अनुदानबाट ५० प्रतिशत लागत सहभागितामा कृषि सामग्री वितरण गरिएको गोडैता नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र कुमार कुशवाहाले बताए । कुषि सामग्री वितरण कार्यक्रममा गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादव, कृषि शाखा प्रमुख महेन्द्र कुशवाहा, सतेन्द्र ठाकुर, मुकेश ठाकुर, रामबाबु मुखिया लगायत स्थानिय किसानहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...