Friday, September 22, 2023

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सोमबार ‘गरे एक चम्चा मह दैनिक सेवन, हुन्छ स्वस्थ दिर्घ जीवन’ भन्ने मुल नाराका साथ १७ औँ मह दिवस मनाईएको महासंघका जिल्ला अध्यक्ष डम्बर देव पाण्डेले जानकारी दिए । हरिवन नगरपालिका–११, स्थित वडाकार्यलय सभाहलमा आयोजना गरिएको दिवसको हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानले उद्घाटन गरेकी थिईन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर घलानले मौरी पालन ब्यवसाय सबै क्षेत्रबाट उत्पीडनमा परेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताईन् । मौरी पालन मह उत्पादन सगैँ बातावरण अनुकुलताको लागि समेत अपरिहार्य रहेको तथा विभिन्न बिरुवाको परागसेचन मौरीलेनै गर्ने भएकाले यसको सम्बर्धन आवश्यक रहेको उनको दावी थियो ।

कार्यक्रमका अधिकांस बक्ताहरुले मौरी पालन अझै ब्यवसायिक बन्न नसकेको भन्दै यस तर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष राज कुमार उप्रेती, एमाले जिल्ला कमिटि उपाध्यक्ष बिदुर कुमार प्याकुरेल, कांग्रेस नेता डाकुर नाथ खत्तिवडा, सगुन साकोसका अध्यक्ष केशव ढकाल, बचत तथा ऋण सहकारी संघ सर्लाहीका पुर्व जिल्ला अध्यक्ष बाबुराम घिमिरेको आतिथ्यता रहेको थियो ।

यस्तै अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष संचिता घिमिरे, नेपाल मौरी पालक महासंघ केन्द्रिय सदस्य यम बहादुर कार्की, मौरी विज्ञ मनोज सिंह, मौरी किसान संघ केन्द्रिय अध्यक्ष बिष्णु मैनाली, पुर्व महासचिव हेमराज देवकोटा, अगुवा मौरी पालक अम्बिका पौडेल र उषा थपलिया लगाएतको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लाका मौरीपालक किसानहरुको उल्यख्य सहभागिता रहेको महासंघका केन्द्रिय लेखा समिति संयोजक रवी कुमार कडरियाल जानकारी दिए ।

कार्यक्रममा टागिएका ब्यानरमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा, शुद्ध मह सधै साथमा, हरियो वन नेपालको धन, मौलाए मौरी उर्लन्छ झन’ जस्ता नारा लेखिएका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...