Wednesday, June 7, 2023

बागमतीमा पशु पालक तथा कृषकहरुसगँ अन्तरकृया सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

बागमती- सर्लाहीको बागमती नगरपालिका पशु तथा कृषी शाखाले किसानहरु सगँ अन्तरकृया गरेको छ ।

शाखाबाट प्रवाह भईरहेको सेवा तथा आगामी कार्ययोजनाको बिषयमा किसानहरु सगँ अन्तरकृया गरिएको शाखा संयोजक हरिभक्त खड्काले जानकारी दिए । कार्यक्रममा उपस्थित नगरका ब्यवसायिक किसानहरुले आफ्ना समस्याका विषय राखेका थिए । पछिल्लो समय किसानले बिउ बिजन मल खाद नपाएको र पाउदा पनि महंगो मुल्य तिर्नु परेका कारण किसान पलाएन हुनुपर्ने अवस्था आएको किसानहरुको गुनासो थियो ।

यता पशुपालक किसानहरुले समेत ऋण गरेर संचालन गरेका फारमहरुका कारण पछिलो समय समस्या भएको बताए । महंगो ब्याज दरमा लिएको ऋण तथा उत्पादनले बजार र उपयूक्त मुल्न नपाउदा लगानी डुब्ने अवस्था आएका किसान प्रतिनिधिहरुले दुखेसो पोखे । नगरबाट बार्षिक रुपमा अनुदान देखी सहुलियत पुर्ण सहयोगको समेत अपेक्षा राखेको उनीहरुको भनाई थियो ।

किसान प्रतिनिधिहरुको कुरा सुनिसके पछि कार्यक्रमका प्रमुख अतिथि मेयर भरत कुमार थापाले नगरबासिलाई ब्यवसायिक कृषिमा आवद्ध गराउदै उनीहरुको जिवन स्तर उकास्न नगरले सुरुदेखीनै योजनाहरु तर्जुमा गरिरहेको दावी गरे । नगरले गरेको कामलाई नकारात्मक नजरले हेर्दा भएका कामहरु नदेखीने र हुनलागेका कामहरु ढिला हुने गरेको उहाँको भनाई थियो । नगरका योजनाको बिषयमा जानकारी लिने र नगरका सबै नागरिकलाई स्पष्ट पार्न समेत आग्रह गरे ।

नगरले संचालन गर्न लागेको ठुला परियोजना फर्नपार्क, नगर बगैँचा, माछा पोखरी(भरत ताल) लगाएतका योजनाले नगरका उत्पादनको सहज बजारी करण देखी किसानहरुलाई ब्यवसायिक बनाउने मेयर थापाले बताए । नगरको सुरुहुन लागेको रोड साइड स्टेसनले यहाँको उत्पादन बजारिकरण गर्ने नगरले किसानलाई उत्पादन गर्न लगाएको कृषि उपज बिक्री वितरण गर्ने लगाएतको योजना बनाउने उन्को भनाई थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले देश बिदेशले बागमती नगरको योजनाको प्रशंसा गरिरहदा यसै नगरका नेता र नागरिक यसको बिरुद्धमा तथ्य र आधारहिन कुरा लिएर असफल बनाउन लागपिर्नु विडम्बना रहेको बताए । नगरले पशुपालक किसानहरुलाई प्रोत्साहन स्वरुप आफु निर्वाचित भए लगतै पशु सुत्केरी भत्ता वितरण सुरु गरेको दावी गरे । आगामि कार्यक्रममा समेत नगरले कृषि मैत्री योजना ल्याउने उनको दावी छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...