Friday, September 22, 2023

नयाँ बर्ष मनाउन आउने पर्यटकले भरियो भरत ताल (फोटो फिचर)

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती-नयाँ बर्ष अर्थात बिक्रम सम्बत् २०८० को पहिलो दिन मनाउन आउने पर्यटकले भरत ताल भरिएको छ ।

शुक्रवार सर्लाहीको बागमती स्थित भरत ताल परिसरको तापक्रमको पारो बैशाखको चर्को घाम त्यसमाथि पर्यटकको अत्यधिक भिडले निकै माथि पुगेको थियो । उखरमाउलो गर्मिको समेत पर्वाह नगरी पर्यटकहरु मनोरजंन लिईरहेका भेटिए । गर्मिका कारण ताल परिसरमा रहेका बरफ, कुल्फी, चिसो पिए पदार्थका पसलहरुमा ग्राहकको घुईचो देखीएको थियो ।

बागमती नगरपालिका–१२ र ४ मा फैलिएको मानव निर्मित बागमती माछा पोखरी(भरत ताल) बाह्यि तथा आन्तरिक पर्यटकले भरिभराउ भएको हो । १२१ बिगाह क्षेत्रफलमा फैलिएको यस विशाल ताल क्षेत्रमा बिहानै देखी मोटरबोट सयर गर्ने, पिकनिक मनाउने, फोटो सेसन गर्ने, टिकटक बनाउने लगाएतको गतिविधि गर्दै पर्यटकले मनोरञ्जन लिईरहेका छन् ।

ताल हेर्न पुगेका पर्यटकको भिडले ताल क्षेत्रमा पार्किङ देखी सवारी आवागमन ब्यवस्थापनमा समेत समस्या देखीएको थियो । पर्यटक सवार सवारीको चाप ब्यवस्थापनमा सुरक्षा निकायलाई समेत हम्मेहम्मे परेको थियो । भिड अत्यधिक भएपछि पुर्व पश्चिम लोकमार्ग अन्तरगत बागमती नदि पुल देखी ईलाका प्रहरी कार्यलय कर्मैया सम्म दिउसो केही बेर सवारी आवागमन ठप्प जस्तै बन्यो ।

यस क्षेत्रमा बिषेश गरेर नेपाली तथा अंग्रेज नयाँ बर्ष, विभिन्न चाड पर्व र सरकारी विदाको समयमा आन्तरिक तथा बाह्य पर्यटकको अत्यधिक भिड हुने गरेको छ । पर्यटकलाई ताल सयर गराउन तिन दर्जन बढि मोटर बोट र एउटा मिनि क्रुज संचालनमा छ । तालमा घोडा चढ्ने देखी आवश्यक्ता अनुसार फोटो सेसन गर्ने, ताल किनारमा बसेर खाजाँ खादै तालको मनोरम दृश्य नियाल्न सकिने समेत ब्यवस्था छ ।

चुरेको काखैँमा रहेको यस तालले पछिल्लो समय देश तथा छिमेकी देश भारतका समेत पर्यटकलाई आकर्षित गरिरहेको छ । तालबाट नगरले बार्षिक लाखौँ आम्दानी गर्न सुरु गरेको नगरका प्रमुख प्रशासकिय अधिकृत विमल प्रसाद पोखरेलले जानकारी दिए । ताल घुम्दा समुन्द्र घुमे जस्तौ अनुभव हुने गरेको सिन्धुलीबाट नयाँ बर्ष मनाउन आएका राजेन्द्र कोईरालाले बताए ।

नगरपालिकाले पर्यटनमात्र नभई बहुउपयोगी योजनाको रुपमा ताललाई लिएको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले जानकारी दिए । तालमा बोट संचालन देखी माछा पालन, तालबाट नजिकै रहेका सुख्खा क्षेत्र सिंचाइर्, जलचर प्राणीको बास स्थानको संरक्षण लगाएतका योजना संचालन गर्ने लक्ष्य रहेको मेयर थापाको भनाई छ । नयाँ बर्षको अवसरमा भरत तालमा झण्डै ४ लाखको हाराहारीमा पर्यटक पुगेको अनुमान गरिएको छ ।

शुक्रवारमात्र ११ हजारको हाराहारीमा पर्यटकले मोटरबोट मार्फत तालको सयर गरेका छन् । यसबाट समेत नगरपालिकाको लाखौँ अर्थ संकलन गरेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...