Wednesday, June 7, 2023

नयाँ बर्षको अवसरमा बृद्वबृद्वालाई भोजन र स्वास्थ परीक्षण

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

राधेश्याम कुशवाह, लालबन्दी– नेपाल कुशवाहा कल्याण समाज सर्लाहीले नयाँ बर्ष २०८० को अवसरमा बृद्वबृद्वाहरुलाई मिष्ठान भोजन तथा स्वास्थ्य परिक्षण गरेको छ ।

समाजले लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेका पद्म भुवनेश्वरी नमुना बृद्व सेवा आश्रमका बृद्वबृद्वाहरुलाई एक दिनको मिष्ठान भोजन र स्वास्थ परीक्षण ब्यवस्था गरेको जनाएको छ । समाजको ब्यवस्थापनमा मोडेल अस्पताल, लालबन्दीका डाक्टर आलोक कुशवाहाको टिम स्वास्थ्य परिक्षणमा खटिएका कुशवाहा विद्यार्थी कल्याण समाज, सर्लाहीका जिल्ला अध्यक्ष भरत महतोले जानकारी दिए ।

समाजले विभिन्न समाजिक कार्य तथा सामाजिक सद्भावका लागि भूमिका निर्वाह गर्दै आईरहको छ । गएको चैत्र २५ गते नेपाल कुशवाहा कल्याण समाजको छैठो जिल्ला अधिवेशनको अवसरमा रक्तदान शिविर समेत सम्पन्न गरेको थियो । शिविरमा ८५ पिन्ट रगत संकलन भएको थियो । बृद्वबृद्वाहरुलाई मिष्ठान भोजन तथा स्वास्थ्य परिक्षण गरिदिएको भन्दै समाज परिवार प्रति आश्रम ब्यवस्थापनले धन्यवाद समेत ज्ञापन गरेको छ ।

कार्यक्रममा मधेश प्रदेश सांसद जवाहरलाल कुशवाहा, माओवादी नेता फकिरा महतो लगाएतले आश्रमका संस्थापक अध्यक्ष बाशुदेव शरण कोईराला लगायत आश्रम परिवारलाई सम्मान गरेका थिए ।आश्रम ब्यवस्थापक भवानी कोईरालाले आगामि दिनमा थप सहयोगको अपेक्षा गरेको बताईन्।

स्वास्थ्य शिविरमा आश्रममा रहेका ५५ जना बृद्वबृद्वाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । समाजका निवर्तमान अध्यक्ष लक्षमण महतो, समाजका केन्द्रिय सदस्य रामचन्द्र सिंह कुशवाहा, शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहा, विद्यार्थी समाजका अध्यक्ष भरत महतो, बिरबहादुर महतो, भरतलाल महतो, लखिन्द्र महतो लगायत व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...