Friday, September 22, 2023

मलंगवामा आगलागीबाट घर जलेर खरानी, दमकल नआएको भन्दै विभिन्न कार्यलयमा ढुंगामुढा

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

मलंगवा–जिल्ला सदरमुकाम मलंगवामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

आईतवार राती मलंगवा नगरपालिका–४, शिवसागर चोकमा भएको आगलागीबाट सोही स्थानका स्वरुप चमारको फुसको छाना भएको घर जलेर नष्ट भएको हो । राती चमारको घरमा एक्कासी आगोलागेको स्थानीयको भनाई छ । आगलागीबाट घर तथा घर भित्र रहेका अन्नपात लत्ताकपडा समेत जलेर नष्ट भएको पिडित परिवारले जनाएका छन् ।

यस्तै आगो नियन्त्रणमा लिन प्रयाप्त पहल नभएकोे भन्दै आक्रोसित स्थानीयले, प्रहरीको भ्यान, नगरपालिका कार्यलय र अदालत परिसरमा ढुंगा मुढा सहित नारावाजी गरेका प्रहरीले जनाएको हो । आक्रोसित स्थानीयले मलंगवा नगरपालिका परिसरमा रहेको बिआर ३० आर २९५७ नम्बरको मोटरसाईकलमा समेत आगजनी गरेका छन् ।

आगोलागे लगतै दमकलको लागि सम्पर्क गर्दा फोन नउठेको तथा नगरले दमकल तयारी अवस्थामा नराखेको, नागरिको जनधनमाथि लापर्वाही गरेको भन्दै उनीहरुले ढुंगामुढा गरेको श्रोतले जनाएको छ । घटनामा नगरपालिका र अदालतकोे झ्यालकोे सिसा समेत फुटेको छ । घटना लगतै उत्योजित भिडले प्ररहरीको भ्यानमा समेत ढुंगामुढा गरेका थिए ।

घटनाको सम्पुर्ण विवरण संकलनको कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लहीका डिएसपी कैलाश राईले जानकारी दिए । आगलागी भन्दा पनि स्थानीयले पछि घटना अन्तै मोडेका उन्ले बताए । आगलागीबाट नगरका कर्मचारीको मोटरसाईकल जलेर नष्ट भएको पालिकाले जनाएको हो । राती स्थिती नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज गर्नुपरेको थियो ।

प्रहरीले अराजक गतिविधि गर्दै पालिका अदातल र प्रहरीको भ्यानमा ढूंगामुढा गर्ने आधा दर्जनलाई पक्राउ गरेको छ । अन्य केहीको पहिचान भईसकेको र खोजि भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

दमकल पुग्न नसके पछि आगो स्थानीयले नियन्त्रणा लिएका थिए । २० पालिका रहेको सर्लाहीमा दुई मात्र बारुणयन्त्र छ । त्यसमा पनि एउटा मलंगवा नगरपालिकाकोे बिग्रीएर बनाउन लगेका कारण जिल्ला भरको आगलागीको घटनामा हरिवन नगरपालिकाको दमकलले थेग्नु परिरहेको छ । यसले गर्दा समयमा दमकल घटना स्थल पुग्न समस्या हुदैै आएको छ ।

अन्य कुरामा ठुलो लगानी गर्ने पालिकाहरुले दमकल संचालन गर्न आनाकानी गरेर नागरिकको जनधनकोे रक्षा गर्ने कुरामा लापर्वाही गरेको भन्दै चर्को आलोचना भईरहेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...