Wednesday, June 7, 2023

नगरस्तरिय भलिवलको प्रतियोगितको दोस्रो दिन ६ खेल सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

सर्मिला रमौली, बागमती-सर्लाहीको बागमतीमा जारी नगरस्तरिय भलिवल प्रतियोगिताको दोस्रो दिन ६ वटा खेल सम्पन्न भएको छ ।

मंगलवारबाट बागमती नगरपालिका–१, मिलनचोक मगर गुम्बा नजिकैको मैदानमा सुरुभएको प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको हो । प्रतियोगिता अन्तरगत पहिलो खेलमा आयोजक मिलनचोक यूवा क्लव, दोस्रोमा एभरेष्ट एकेडेमी लालबन्दी विजयी भएको छ । इश्वरपुर नआएपछि मिलनचोक स्वत विजयी घोषित भयो । भने, एभरेष्ट एकेडेमीले लाङघाली क्लव बागमती, लाई पराजित गरेको हो ।

यस्तै प्रतियोगिताको तेस्रो खेलमा गुरुङ समाज बागमती–१, लाई पराजित गर्दै हरैयाको राजदेवी यूवा क्लव विजयी भयो । चौथो खेलमा बसनिया क्लव इश्वरपुरलाई पराजित गर्दै आयोजक मिलनचोक (बि) विजयी भएको छ । पाचौँ खेलमा शंकर दिना यूवा क्लव नआएपछि बडकुर्वा स्वत विजयी घोषणा भयो ।

यस्तै छौठौँ खेलमा बडकुर्वा र हरैयाको राजदेवी यूवा क्लव विच भएको क्वाटर फाईनल खेलमा विजयी हुदै बड्कुर्वा सेमिफाईलनमा प्रवेश गरेको छ । आज भएको खेलमा एभरेष्ट एकेडेमीका अभिषेक चौधरी, हरैया राजदेवीका बिवेक सिङ दनुवार, बसनिया क्लव इश्वरपुरका किरण बछार र बड्कुर्वाका आयुष चौधरी म्यान अफ दि म्याच घोषित हुदै ट्रफि जित्न सफल भए ।

यस पहिला मधेश प्रदेशका सांसद जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमार मोक्तान, बागमती–१, का वडाध्यक्ष गम्भिर सिंङ पाख्रिन, २ का वडाध्यक्ष टेक बहादुर बल, ११ का वडाध्यक्ष प्रदिप आचार्य, समाजसेवी रमेश कुमार निरौला, धन बहादुर आले, दिपक थापा मगर लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कुशवाहले खेल क्षेत्रको विकासको लागि बजेट ब्यवस्थाको पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित सुरु भएको भलिवल प्रतियोगिताका विजेताले नगद ३५ हजार र उपविजेता नगद २० हजार सहित कप, मेडल, प्रमाण पत्र हातपार्ने छन् । प्रतियोगितामा उत्कृष्ठ खेलाडिले विधागत पुरस्कार प्राप्त गर्ने आयोजक मिलनचोक यूवा क्लवका अध्यक्ष गोकर्ण रुपाखेतीले जानकारी दिए ।

मौषम प्रतिकुल भएका कारण सर्लाही, बारा र रौतहटको गरेर १८ वटा टिम सहभागि प्रतियोगिताको फाईनल खेल ८ गतेका लागि तय गरिएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...