Wednesday, June 7, 2023

सर्लाही प्रहरीद्वारा घरमा लुकाएर राखिएको हतियार बरामद

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

मलंगवा–घरमा लुकाइ राखिएको अवस्थमा सर्लाही प्रहरीले मलंगवाबाट अवैध हात हतियार बरामद गरेको छ ।

बुधवार सदरमुकाम मलङ्गवा नगरपालिका–१, भेडहियाका अवध रायको घरमा लुकाइ राखिएको अवस्थामा एक थान अटोमेटिक पेस्तोल, एक थान खुँडा र एक थान चक्कु बरामद भएको प्रहरीले जनाएको हो । सुराकीका आधारमा घर खानतलासि गर्दा अबैध ढंगले लुकाई छिपाई राखेको हातहतियार बरामद भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

प्रहरी पुग्नुस अघिनै अबधको घर परिवारका सबै जना फरार रहेकाले कोही पक्राउ नपरेका जिल्ला प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिए । खानतलासिको क्रममा प्रहरीले अबधको आगनमा पार्किङ गरी राखिएको इन्जिन नम्वर केरमेट भएको र नम्वर समेत नखुलेको १५० सीसीको एक थान पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट घरधनी अवधका दुई छोरा इन्द्रजित र रञ्जितले नेपाल–भारत सीमा क्षेत्रमा अवैध गतिविधि गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुको समेत खोजी भइरहेको सर्लाहीका प्रहरी एसपी सुवेदीले बताए । उनका अनुसार अवधको घरको अन्न राख्ने टिनको ड्रमभित्रबाट हतियार बरामद भएको हो ।

बरामद गरिएको हतियार र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखेर प्रहरीले थप अनुसन्धान सुरुगरेको जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles